मुख्य समाचार

पूर्वप्रधानमन्त्री खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन : एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जोड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ । सोमबार पत्रकार सम्मेलन गरी नेता खनालले अभियान गठनबारे जानकारी दिएका हुन् । खनाल नेतृत्वको अभियानमा पूर्वमन्त्री हरिबोल गजुरेल, महेश्वर दाहाललगायत विभिन्न वामपन्थी दलका नेता-कार्यकर्ता रहेका छन्।अभियानले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जोड दिएको छ । समाजवादी जागरण अभियानको […]

२०८३ आश्विन २० गते, मंगलवार

बालेन सरकारको ६ महिना : देश र जनतामा आशा भन्दा निराशा बढी

काठमाडौँ । गत फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व बहुमतपश्चात् गठित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय कार्यकारी भूमिकामा पुगेको नयाँ राजनीतिक नेतृत्वले पहिलो मन्त्रिपरिषद् बैठकबाटै शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० बुँदे कार्यसूची अघि सारेको थियो । प्रशासनिक पुनर्संरचना, डिजिटल सेवा, […]

२०८३ आश्विन १८ गते, आईतवार

सरकार फासीवादी मार्गमा अग्रसर !

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो प्रतिक्रिया दिएका हुन् ।संसद बैठकलाई सम्बोधन गर्दै नेता थापाले गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको बताए […]

२०८३ आश्विन १६ गते, शुक्रबार

एमालेका मनोनीत केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

काठमाडौँ । नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्षबाट शपथ लिएका छन् । एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पार्टी अध्यक्षले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो […]

२०८३ आश्विन १६ गते, शुक्रबार

प्रधानमन्त्रीको सचिवालय : कर्मचारीको तलब भत्तामा मात्रै १ करोड ३६ लाख ३८ हजार ६२४ रुपैयाँ खर्च

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) को निजी सचिवालयमा २५ जना सल्लाहकार, स्वकीय सचिव, विज्ञ तथा कर्मचारी कार्यरत रहेका छन् । कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरणमा ३ जना सल्लाहकारले मन्त्रीसरहको सुविधा प्राप्त गर्ने उल्लेख छ । सचिवालयमा रहेका २ जनाको सेवा सुविधा राज्यमन्त्री सरह रहेको छ । सचिवालयमा रहेका एकजनाको […]

२०८३ आश्विन १६ गते, शुक्रबार

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

काठमाडौँ । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक औपचारिक रूपमा संसद् सचिवालयमा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त विधेयक दर्ताका लागि प्रतिनिधिसभामा पेस गरेकी हुन्।उक्त विधेयकमा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका निजामती कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था विधेयकमा राखिएको छ। यो […]

२०८३ आश्विन १५ गते, बिहीबार

संघीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालि अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार उक्त अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू […]

२०८३ आश्विन १५ गते, बिहीबार

भोटेकोशी बाढी : हालसम्म १ हजार ४५५ जनाको शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबारसम्म १ हजार ४५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाको शव फेला परेको हो […]

२०८३ आश्विन १५ गते, बिहीबार

नेकपा (माओवादी) द्वारा जनसंघर्षमा उत्रने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनसंघर्षमा उत्रने उद्घोष गरेको छ। सो पार्टीको हालै सम्पन्न नवौँ केन्द्रिय समितिको संगठन अधिवेशन आयोजक समितिको सचिवालयको विस्तारित बैठकले देशको वर्तमान राजनीतिक संकटको निकास जनसंघर्ष मात्रै भएको निष्कर्ष निकाल्दै छिट्टै जनसंघर्षमा उत्रने निर्णय गरेको बताइएको छ ।उक्त बैठकले देशको पछिल्लो परिस्थितिको सभावना र चुनौतीलाई दृष्टिगत गर्दै सम्भावनालाई वास्तविकतामा […]

२०८३ आश्विन १३ गते, मंगलवार

नेकपा (माओवादी) संगठन अधिबेशन आयोजक समितिको सचिवालय वैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठन अधिबेशन आयोजक समितिको सचिवालयको बिस्तारित वैठक हालै सम्पन्न भएको छ। सो बैठकले जनताका दैनिक समस्यालगायतक बिषयमा संघर्ष गर्नेलगायतका महत्वपूर्ण निर्णय गरेको बताइएको छ।संगठन अधिबेशन आयोजक समितिको सचिवालयको बिस्तारित वैठकपछि सो पार्टीका नेताहरु कम्युन निर्माण जुटेका थिए।

२०८३ आश्विन ७ गते, बुधबार