मुख्य समाचार

नेकपा (माओवादी) संगठन अधिबेशन आयोजक समितिको सचिवालय वैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संगठन अधिबेशन आयोजक समितिको सचिवालयको बिस्तारित वैठक हालै सम्पन्न भएको छ। सो बैठकले जनताका दैनिक समस्यालगायतक बिषयमा संघर्ष गर्नेलगायतका महत्वपूर्ण निर्णय गरेको बताइएको छ।संगठन अधिबेशन आयोजक समितिको सचिवालयको बिस्तारित वैठकपछि सो पार्टीका नेताहरु कम्युन निर्माण जुटेका थिए।

२०८३ आश्विन ७ गते, बुधबार

‘सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले जेन-जी विद्रोहको अपेक्षा चकनाचुर भएको उल्लेख गर्दै सत्ता र व्यवस्थाको विकल्प खोज्नै पर्ने बताएका छन्। उनले भदौ २४ गते जेन-जी विद्रोहले सरकार कायापलट गरेको एक वर्ष पूरा भएको दिन सामाजिक संजाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएका हुन्।महासचिव विप्लव सीले जेन-जी विद्रोहको एक वर्ष बितिसकेको भए पनि […]

२०८३ भाद्र २५ गते, बिहीबार

‘जेन जीहरुलाई अकल्पनीय धोका भएको छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले जेन जीहरुलाई अकल्पनीय धोका भएको ठोकुवा गरेका छन्।देशमा जेन -जी आन्दोलन भएको एक बर्ष पुरा भएको छ। यस आन्दोलन पछिको देशको राजनीतिलाई कसरी नियाल्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिदै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले जेन जी बिद्रोहमा प्राण उत्सर्ग गर्ने महान युवाहरुप्रति […]

२०८३ भाद्र २३ गते, मंगलवार

उद्दार र राहतको राष्ट्रिय अभियान सत्तासिन पार्टी र सरकारको आन्तरिक स्वार्थ र समस्याको शिकार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले भोटेकोशी बाढीपीडितको उद्दार र राहतको राष्ट्रिय अभियान सत्तासिन पार्टी र सरकारको आन्तरिक स्वार्थ र समस्याको शिकार बन्न पुगेको ठोकुवा गरेका छन् । सरकारले भोटेकोशी बाढीबाट आक्रान्त बनेका जनताको दुःखमा सामान्य मलमपट्टी समेत गर्न सकेन भन्ने चर्चा चलिरहेको छ । यस विषयमा नेकपा (माओवादी) को धारणा के […]

२०८३ भाद्र २२ गते, सोमबार

‘बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गर’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गर्न सरकारसँग विशेष माग गरेको छ। सो पार्टीका महासचिव विप्लव सीले बुधबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।महासचिव विप्लव सीले बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै […]

२०८३ भाद्र ११ गते, बिहीबार

समाजवादी राज्यसत्ताको निम्ति क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले समाजवादी राज्यसत्ताको निम्ति क्रान्तिकारी कम्युनिष्टहरुको एकता अपरिहार्य भएको ठोकुवा गरेका छन् । सिंगो कम्युनिष्ट एकता अर्थात नयाँ कम्युनिष्ट केन्द्र निर्माण सम्भव छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्य, नेपाल राष्ट्र र नेपाली जनताको समाजवादी […]

२०८३ भाद्र ७ गते, आईतवार

सरकारको असक्षमता र बचकानापनका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देश र जनताको मान मर्दन !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले सरकारको असक्षमता र बचकानापनका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देश र जनताको मान मर्दन भएको ठोकुवा गरेका छन् । वर्तमान राजनीतिक स्थिति र सरकारको कार्यशैलीलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले २१ औँ शताब्दीको तेस्रो दशकमा सचेत र […]

२०८३ भाद्र २ गते, मंगलवार

कम्युनिस्ट आन्दोलनको पुनर्गठन अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन् । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा प्रस्तुत गर्दै महासचिव विप्लव सीले नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले नयाँ कम्युनिस्ट केन्द्र बनाएर […]

२०८३ श्रावण २० गते, बुधबार

नयाँ प्रस्ताव बिना कम्युनिस्ट आन्दोलन अगाडि बढाउन असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नयाँ प्रस्ताव बिना कम्युनिस्ट आन्दोलन अगाडि बढाउन असम्भव भएको ठोकुवा गर्दै क्रान्तिकारीको छुट्टैं पहिचानसहितको मोर्चा आवश्यक भएको बताएका छन् । बुधबार नेकपा(माओवादी) बागमती प्रदेशको विशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उक्त बैठकलाई सम्बोधनगर्दै महासचिव विप्लव सीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई जोगाएर क्रान्ति गरेरै […]

२०८३ श्रावण १४ गते, बिहीबार

‘गोली र दमनले जनतालाई होइन र सत्तालाई ढाल्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले बल, गोली र दमनले जनतालाई होइन सत्तासीन र सत्तालाई ढाल्ने ठोकुवा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव विप्लव सीले सरकारलाई बल, गोली र दमनको नीति त्यागेर जनताका समस्याको न्यायपूर्ण समाधान गर्न आग्रह गर्दै सत्तासँग समस्या समाधान गर्ने क्षमता भन्दा पनि […]

२०८३ श्रावण १२ गते, मंगलवार