‘गोली र दमनले जनतालाई होइन र सत्तालाई ढाल्छ’

२०८३ श्रावण १२ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले बल, गोली र दमनले जनतालाई होइन सत्तासीन र सत्तालाई ढाल्ने ठोकुवा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव विप्लव सीले सरकारलाई बल, गोली र दमनको नीति त्यागेर जनताका समस्याको न्यायपूर्ण समाधान गर्न आग्रह गर्दै सत्तासँग समस्या समाधान गर्ने क्षमता भन्दा पनि गोली र बल प्रयोग गर्ने शक्ति धेरै देखिएको टिप्पणी गरेका छन्। उनले गोली, जेल र दमनलाई समाधानका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति गलत भएको बताएका छन्।
महासचिव विप्लव सीले सुनसरीको मात्र होइन–सुकुम्बासी, मिटरब्याज पीडित तथा राइड सेयर चालक गणेश नेपालीसँग सम्बन्धित घटनाहरूलाई उदाहरणका रूपमा उल्लेख गर्दै राज्यले समस्याको समाधानभन्दा दमनलाई प्राथमिकता दिएको ठोकुवा गरेका छन् । उनले सरकारलाई सम्बोधन गर्दै भनेका छन्, “हेक्का रहोस्, बल, गोली र दमनले जनतालाई होइन, सत्तालाई ढाल्छ।”
महासचिव विप्लव सीले दोषीमाथि समयमै कारबाही गर्न, पीडितलाई न्याय दिन र जनताका समस्याको न्यायपूर्ण तथा दिगो समाधान खोज्न सरकारसँग माग समेत गरेका छन्।
महासचिव विप्लव सीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा यस प्रकार रहेको छ – ‘सत्तासँग सावधानी र समस्या समाधान गर्ने क्षमता भन्दा गोली र बल धेरै छ । उसले गोली, जेल र दमनलाई समाधान ठान्छ । सुनसरीमा मात्र होइन सुकुम्बासी, मिटरब्याज पीडित, गणेश नेपाली लगायतका घटनामा यो प्रष्ट देखियो । हेक्का रहोस बल, गोली र दमनले जनतालाई होइन सत्तासीन र सत्तालाई ढाल्छ । समयमै दोषीलाई कारबाही गर, पीडितलाई न्याय देउ र समस्याको न्यायपूर्ण समाधान गर ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु