‘सरकार सय दिन नपुग्दै सर्वाङ्ग’

२०८३ श्रावण १० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले बालेन नेतृत्वको सरकार सय दिन नपुग्दै सर्वाङ्ग भएको ठोकुवा गरेका छन् । वर्तमान सरकारको कार्यशैलीलाई कसरी मुल्यांकन गर्नु हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्ड सीले बालेन नेतृत्वको सरकार सय दिनमै सर्वाङ्ग भएको ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले गत भदौ २३ र २४ गतेपछि देश र जनता असाधारण परिस्थितबाट गुज्रिरहेको ठोकुवा गर्दै भने– ‘भदौ २३ गते पूर्वको दलाल राज्य र त्यसको सञ्चालकहरुले पैदा गरेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिशन, तस्करी, बेरोजगारी, नातागोतालाई राज्य लुट्ने गिरोह बनाउने हर्कत, महंगीको आतंक, राज्यको ढुकुटीमा लुटखसोट गरी व्यक्तिगत सम्पति कुम्ल्याउनेलगायत डर लाग्दा समस्याहरुले ग्रस्त बनाए ।
त्यसबाट उत्पन्न राष्ट्रिय संकटबाट जर्वजस्त नेपाली जनताको आक्रोश त्यसमा पनि युवा पुस्ताको आकोशलाई अमेरिकी साम्राज्यवादी रणनीतिमा गम्भीर दुरुपयोग गरी देश र जनतामाथि आतंक पूर्ण ढंगले लादिएको अमेरिकी साम्राज्यवादको नवादलाल पूँजीवादी तत्व मुखरित सुशासन र सम्वृद्धिको मुखुण्डो बालेन नेतृत्वको सरकारको एक सय दिनको हनिमुन समय पुरा नहुँदै सर्वाङ्ग भएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वर्तमान सरकार नवादलाल शासकहरुको नयाँ राष्ट्रघाती र जनतालाई लुट्ने रणनीति एवम् चरित्रको भएको ठोकुवा गर्दै भने– ‘प्रधानमन्त्री बालेनले संसदमा “नेपालले पनि भारतको भुमि मिचेको छ” भनेर दिएको अभिव्यक्ति, विद्यार्थी एवम् बिरामीलाई तीन प्रतिशत र आमजनतालाई बिद्युतमा लागेको ७–५ प्रतिशत करलगायतका गतिविधिले वर्तमान सरकार नवादलाल शासकहरुको नयाँ राष्ट्रघाती र जनतालाई लुट्ने कार्यमा तल्लिन रहेको पुष्टि गर्दछ ।’
प्रवक्ता प्रकाण्ड सीले देशलाई नयाँ युगमा प्रवेश गराउने कदम, राष्ट्रको स्वाधिनता, जनहित र जनजीविकाको कार्यबाट बालेन नेतृत्वको सरकारको एक सय दिन पुरै असफल सिद्ध भएको बताए । उनले भने– ‘न्यायालय, सुकुम्बासी, विद्यार्थी माथिको राजनीतिक प्रतिवन्ध, सञ्चार गृहको कार्यालय, नेताको निवास र शहरका मुख्य चोकहरुमा सरकार आफैले गाडी तेस्र्याएर गरेको अवरोधले राज्य आतंक सृजना गर्ने कार्य गरेकोले बालेन नेतृत्वको सरकारको एक सय दिन पुरै असफल सिद्ध भएको पुष्टि गर्दछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वर्तमान अवस्थामा राष्ट्रको स्वाधिनता, जनाधिकार र जनजीविका इतहासमै सबैभन्दा बढि खतरामा परेको ठोकुवा गर्दै यसको समाधान वर्तमान राष्ट्रिय राजनीतिको अपरिहार्यता बनेको बताए । उनले चिन्तन, चरित्र, शैली र संस्कारको दृष्टिले बालेन नेतृत्वको सरकार ‘सुशासन र सम्वृद्धिको बोत्तलको विषाक्त रक्सि’ सावित भएको ठोकुवा गर्दै भने– ‘नेपालको राजनीतिक पार्टीहरुले राष्ट्रिय आवश्यकता र जनचाहनाको प्रतिनिधित्व गर्न जिम्मेवार र नयाँ ढंगले आपूmलाई प्रस्तुत गर्नुको बिकल्प छैन ।’

प्रतिक्रियाहरु

[anycomment]