नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुँदै
काठमाडौँ । अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । दुई नेताहरुबीच इरानसँग अमेरिका र इजरायलको युद्ध, गाजापट्टीमा इजरायलको लगातार आक्रमण र रुस-युक्रेन जारी युद्धको बारेमा भेटवार्ताका क्रममा विशेष छलफल हुने अपेक्षा गरिएकाे हो । साेही भेटवार्ताको मुख्य एजेन्डा इरानको विवादास्पद परमाणु कार्यक्रम र रणनीतिकरूपमा अति संवेदनशील हर्मुज जलमार्ग रहेको छ । अमेरिकाले इरानमाथि आफ्नो बमबारी अभियानलाई केही समयको लागि विश्राम दिएको छ ।
इजरायलले भने ट्रम्प प्रशासनले इरानको परमाणु क्षमता पूर्णरूपमा नष्ट नगरी अधुरो सम्झौता गर्नसक्ने आशंका गरेकाे हाे। यसबाहेक, टर्कीलाई आधुनिक एफ–थर्टी फाइभ लडाकु विमानहरूको बिक्री, साउदी अरेबियासँगको आणविक सम्झौता र गाजा तथा लेबनानको सुरक्षा मुद्दाहरूमा पनि दुई नेताबीच तीव्र मतभेद देखिएको छ ।
अमेरिकाका कट्टर समर्थक प्रधानमन्त्री नेतान्याहु दिवंगत सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वाशिङ्टन पुगेका हुन् । – एजेन्सी
