अखिल समाजवादी चितवनको अध्यक्षतामा राजन सी

२०८३ भाद्र ६ गते, शनिबार


काठमाडौँ । अखिल समाजवादी चितवनको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राजन सीको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा सुरज सी र सौगात सी, सचिवमा अर्जुन सी, सह-सचिवमा सौरभ सी र कृषाण्स सी तथा कोषाध्यक्षमा दिपेश सी निर्वाचित भएका छन्। सम्मेलनबाट २७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको अखिल(समाजवादी) चितवनले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट विद्यार्थी संगठन अखिल(समाजवादी) चितवनको उक्त सम्मेलनमा नेकपा(माओवादी)का केन्द्रिय सचिवालय सदस्य अनिल शर्मा ‘विरही’ प्रमुख अतिथि, अखिल(समाजवादी)का केन्द्रीय अध्यक्ष नरेन्द्र विश्वकर्मा विशिष्ट अतिथि तथा चिकित्सा शिक्षा आन्दोलनका अगुवा डा. प्रकाश चन्द, नेकपा(माओवादी) केन्द्रिय सदस्य उत्सव सी, अखिल (समाजवादी ) का केन्द्रीय सचीव अटल सी ,माओवादीका केन्द्रिय सदस्य मिनप्रसाद सी ,सिसम सी र नेकपा(माओवादी) चितवन जिल्ला पार्टी सचिव भरत सी लगायत अतिथिका रूपमा सहभागी थिए।

प्रतिक्रियाहरु

[anycomment]