नेकपा (माओवादी) का महासचिव विप्लव सीलाई पारिवारिक शोक

२०८३ आश्विन २२ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीकि जेठी दिदी तुलशा चन्दको ७१ वर्षको उमेरमा निधन भएको छ ।
२०१२ सालमा जन्मिनु भएकी चन्दको बुधबार कपिलवस्तुको शिवगढी स्थित घरमा निधन भएको पारिवारिक श्रोतले जनायो।
पिता चित्रबहादुर चन्द र माता आशिका देवि चन्दको जेष्ठ सन्तान तुलशा चन्दका ३ दाजुभाइ र ३ दिदिबहिनी छन ।
क्षेप्यास्त्र प्रकाशन केन्द्र तुलसा चन्दको दु:खद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीसहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]