नयाँ राज्य व्यवस्था र नयाँ नेतृत्वको आवश्यकता निर्विकल्प
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र समाजवादी जागरण अभियानका संयोजक तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आइतबार खनाल निवासमा भएको उक्त भेटवार्तामा बालेन नेतृत्वको सरकारको ६ महिनाको कार्यकाल र त्यसले राष्ट्रिय राजनीतिमा ल्याएको फेरबदलको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा १८ औँ ब्रिक्स शिखर सम्मेलनपछि बिश्व परिस्थिति , बिश्व शक्ति सन्तुलन र नयाँ बिश्व व्यवस्थाका निम्ति त्यसले बिकास गरेको अनुकुलता र प्रतिकुलताका बिषयमा गम्भीर छलफल भएको बताइएको छ। साथै दूई शिर्षस्थ नेताबीच बालेन नेतृत्वको सरकारको रबैया र त्यसले राज्यका सबै निकायमा खडा गरेका आतंक र नेपाली समाजमा बिकास हुँदै गएको बितृष्णाका बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नवदलाल, पुँजीवादी बालेन सरकारको चिन्तन , क्रियाकलाप र कार्यशैलीले राष्ट्रिय राजनीतिमा नयाँ अन्तरविरोधको मुस्लो फुट्दै गएको निष्कर्ष निकालिएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा वर्तमान बिकसित घटनाक्रम र परिस्थितिले अहिलेको राज्य व्यस्था र नेतृत्वमा परिवर्तन खोजेको , राष्ट्रको स्वाधीनता, नेपाली जनताको अधिकार , जनअपेक्षा , देशको बिकास र जनताको जनजीविका गम्भीर मोडमा पुगेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा दशैं ,तिहारको मुखमा इतिहासलाई माथगर्ने गरी नेपाली जनता महंगीको मारमा परेको तर सरकारलाई कुनै चासो र चिन्ता नरहेको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ। साथै समग्रतामा देश फेरी अर्को संकटको भुमरीमा फस्दै गएको र त्यसवाट बचाउन नयाँ राज्य व्यवस्था र नयाँ नेतृत्वको आवश्यकता निर्विकल्प रहेको निष्कर्ष निकालिएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा दुवै शिर्षस्थ नेता नेपाली जनताको समाजवादी व्यवस्था र देश र जनताको प्रतिनिधित्व गर्ने नेतृत्व एकमात्र समाधान भएको र यसका निम्ति कम्युनिस्ट क्रान्तिकारी ,सच्चा लोकतन्त्रवादी , बामपन्थी र देशभक्त शक्तिहरु एकताबद्ध भएर नयाँ ढंगले नेतृत्व गर्नुपर्ने दायित्व काँधमा आएको निष्कर्षमा पुगेको बताइएको छ।
दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्ता ऎतिहासिक , जिम्मेवारपूर्ण र नयाँ पहलकदमीका लागि बिशेष महत्वको रहेको बताइएको छ ।
