‘बालेन सरकार राज्यसत्ता कब्जाको ध्वंसात्मक मार्गमा’

२०८३ कार्तिक १९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा जेन जी आन्दोलन पछि पनि नेपाली जनता र देशको जीवनमा कुनैपनि परिवर्तन नभएको र बालेन सरकारले राज्यसत्ता कब्जाको ध्वंसात्मक मार्ग अवलम्बन गरेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा गत बर्षको भाद्र २३ र २४ गते पछिको १५ महिना र बालेनले सरकारको नेतृत्व गरेको आठ महिनामा देश इतिहासकै डरलाग्दो अवस्थामा प्रवेश गरेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा देश र जनताको जीवनमा भयावह सृजना भइ दोस्रो संकटग्रस्त अवस्था आइलागेको बिषयमा गम्भीर छलफल हुनुका साथै पुरानो पुँजीवादी तत्वहरुले गत बर्षको भाद्र पूर्व १८ बर्ष शासन गर्दा देश र जनताविरुद्ध गरेको गम्भीर गल्ति र अक्षम्य अपराधलाई भजाएर नवदलाल पुँजीवादी बालेन सरकारले नवअपराधि हर्कत संचालन गरि राखेको बिषयमा समेत गहन छलफल भएको बताइएको छ ।
यसैगरी, दुई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा वर्तमान व्यवस्था र शासकको चरित्र पनि नवदलाल पुँजीवादी र वर्णवादी रहेको बिषयमा छलफल हुनुको साथै अमेरिकी साम्राज्यवादी हस्तक्षेप ,नवदलाल पुँजीपतिहरुको निरंकुशता र नवदलाल वर्णवादीहरुको शासनवाट देश र जनतालाई मुक्त नगरी साँचो परिवर्तन नहुने निष्कर्ष निकालिएको बताइएको छ । साथै यसका निम्ति राष्ट्रवादी र समाजवादी राजनीतिक शक्तिहरुबीचमा सहकार्य र साझा प्रयास आवश्यक रहेको र त्यसका निम्ति दुवै पार्टी तयार रहने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]