शिला यादवकृत ‘समरका दिन’ कृतिबारे कसले के भने ?

२०८३ कार्तिक १७ गते, मंगलवार


कमरेड शिलाद्वारा लेखिएको ‘समरका दिन’ एउटा विद्रोहको दस्तावेज हो । त्यसबेलाको समाज कस्तो थियो ? हामी कसरी सोच्थ्यौं ? महिलाहरूको अवस्था कस्तो थियो ? यो सबै विषय पुस्तकमा छन् । माओवादी कार्यकर्ताले भित्ता लेखन गरेको देखेर शिला जनयुद्धतिर तानिनु भएको हो । यो हाम्रो समयको इतिहास पनि हो । क्रान्ति र आदर्शले माग गर्दा बलिदान हुने अन्यथा जस्तोसुकै अवस्थामा प्रतिरोध गरेर बाँच्ने भावना पुस्तकमा छ । यो आदर्शको यात्रा सकिएको छैन । अझै जारी छ ।
जनयुद्धका भन्दा डरलाग्दा घटनाहरू एकीकृत जनक्रान्ति भएका थिए । त्यसबेला हाम्रो चित्रण कसरी गरिएको थियो ? त्यो योजना अनुसार गरेका थिए । सत्यमाथि पर्दा हालेर शासन गर्ने तत्वहरूले हामी विरुद्ध अनेक विकृत प्रचार गरेका थिए । अघिल्ला २ वर्ष शान्तिका वर्ष भन्छन् मान्छेहरू । तर ती दुई वर्षहरू पनि शान्तिका होइन’ क्रान्तिका वर्षहरू हुन् । मृत्यु र आगजनी मात्र क्रान्ति होइन् ।
जनता यसरी बस्न सक्ने अवस्था नभएकोले विद्रोह हुन्छ हामीले भन्दै आएका थियौं । कहिले, कुन रूपमा हुन्छ भन्ने थाहा थिएन । नवयुवा विद्रोह राज्यको चरित्रको अनिवार्य परिणाम थियो । गणतन्त्रमा माओवादीबाट जनअपेक्षा यही थियो त ? त्यसैमा जनविरोधी तत्वले खेल्न थाले । भ्रष्टाचार मात्र होइन हाम्रो करमाथि लुटापट भयो । जनता सूक्षमदर्शक यन्त्र हुन । जनताले लुटपाट र राष्ट्रघात देख्यो । माओवादीले महाकालीसन्धीले विरोधमा लडेको थियो । महाकालीसन्धीको विरोध गर्नेले एमसीसी सम्झौता ग¥यो । त्यसैको परिणाम नवयुवा विद्रोह हो । विद्रोह अनिवार्य थियो । यो विद्रोह हामी हाम्रो नेतृत्वमा गर्न चाहन्थ्यौं ।
वेपत्ता परिवारका प्रश्नको जवाफ छैन । सहिद परिवारको खबर छैन । नेताहरूले लुटपाट गरिरहेका छन् । तर आज माओवादी विद्रोह भन्दा डरलग्दो प्रकारले नवयुवा विद्रोह असफल भएको छ । मन्त्रीको प्रस्ताव नाटक हो । भ्रष्टाचार र कुशासनको विरुद्ध लड्ने प्रमुख शक्ति हामी हौं । हामीसँग सरोकार नराखिकन सरकार बनाइयो । हामी सरोकार राख्ने शक्ति हो कि होइन ? लड्ने शक्ति नवयुवा र नेकपा हाल नेकपा (माओवादी) हो कि होइन ? विदेशीका जासुसहरू, भ्रष्टाचारीहरू, अर्थतन्त्र टाट पल्टाउनेहरू मन्त्री भएका छन् ।
विद्वान हरारेले विश्वका ४ अरब जनसंख्या बराबरको सम्पत्ति १ प्रतिशत अरवपतिको कब्जामा रहेको दावी गरेका छन् । २१ औं शताब्दि समानताको शताब्दि होला भन्ने अपेक्षा थियो । विश्व व्यवस्थामा झनै असमानता बढ्यो त्यसैले विद्रोहले ‘राजा नाङ्गो छ’ भन्यो । यो पनि दायित्व निर्वाह गर्नु हो ।
समाजवाद के हो र कसरी आउँछ ? बहस गर्नुपर्छ । खुराफाति चल्दैन । इतिहासको समीक्षासहित नयाँ समाधान दिन सक्नुपर्छ । त्यसरी नसोचेसम्म एकता सम्भव हुँदैन । को आए ? को गए ?? को–को मिले ??? त्यो जनसरोकारको विषय होइन । सत्य कुरा भन्न नसक्ने भनेको अदृश्य त्रास हो ।
ठूला नेता र पार्टी विघटनमा छन् । माओवादी र एमालेमा के फरक छ ः फरक थियो भने एकता किन गरेको हिजो ? उषाकिरणले भन्नु भएको कुरामा हामी पनि सहमत छौं । कम्युनिष्ट भएर छलफल गरौं ।

–विप्लव सी, महासचिव–नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

***


शिला यादवकृत ‘समरका दिन’ कृतिको साहित्यिक र राजनीतिक मूल्य रहेको छ । यो कृति ग्रामिण भेगकी निम्न वर्ग कि छोरीको गाथा हो । यो जनयुद्धको महागाथा पनि हो । यसले जनयुद्धिको समयका बलिदान गाथा देखाउँछ । यसले अतितलाई वर्तमान बनाएर जोड्छ । जहाँ जातीय, क्षेत्रीय र लैङ्गिक प्रश्नहरू उठाइएको छ ।
लेखक शिलाले आपूm गिरफ्तार हुँदा प्रहरी ज्यादती विरुद्ध कसरी लडियो भन्ने सविस्तार व्याख्या गर्नु भएको छ । महिलाले वर्ग संघर्ष र त्याग कति, कसरी गरे भन्ने महागाथा पनि हो यो कृति । लेखकका जीवन साथी समेत रहेका सहिद अजबलाल यादवको त्याग र आदर्शको उच्चसम्मान पनि हो समरका दिन । गर्भवति अवस्थामा गिरफ्तार भएकी लेखक शिलाले सोलोडोलो सामाजिक संस्कार चेतनास्तर अनुसार आफ्नै जीवनसाथीलाई पनि हेरेर शंका गर्छिन् । यो सन्दर्भ निकै मार्मिक छ । परिवारबाट ५ जनाको बलिदान भएको वीर महिलाहरू, मधेसी, दलित, जीवनसाथी गुमाएका नर–नारी सन्तान गुमाएका आमा र पितृसत्ताबाट डामिएका सबै–सबैको कथा हो ‘समरका दिन’कृति । कृतिका सीमाहरू पनि छन् । श्रृखंलाहरू भंग भएका, कडी टुटेका सन्दर्भहरू पनि रहेका छन् ।

–अमृता शर्मा

***


मैले जनयुद्धमा भाग लिएको नभएपनि भोगेको र पढेको छ । जनयुद्धले जनजातिलाई तिमी पनि बाहुन क्षेत्री सरह हौं भन्न सिकायो । दलितलाई तिमी पनि बाहुन जस्तै हौं भन्न सिकायो । परियार जस्तै ठहुरी हो भन्न सिकायो । रिमाल बराबर विश्वकर्मा हो भन्न सिकायो । त्यसैले जनयुद्धप्रति मेरो सम्मान छ । जनयुद्धमा कति हजार शिलाहरूको भूमिका थियो रु यो विषय शिलाकृत ‘समरका दिन’ कृतिमा रहेको छ । यो पुस्तक कार्यक्रममा सहभागीहरू कतिले पढ्नु भएको छ छैन् । मलाई थाहा छैन ।


हामीले ठूलो बलिदान गरेर गणतन्त्र ल्याऔं, लोकतन्त्र ल्याऔं तर कालान्तरमा नयाँ पुस्ताले थाहा नै नपाउने गरी समस्या भयो तपाईंहरू व्यवस्थाले ठीक ढङ्गले काम गरेन भनेर परिवर्तन गर्नु पर्छ भनेर लाग्नु भएको छ । कसरी बिग्रियो त रु पञ्चायति व्यवस्थाको आदर्श पनि आज कायम हुन किन सकेन रु सोच्नुपर्ने भएको छ । आज कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्न पनि हराउनुपर्ने अवस्था छ ।
पुस्तक पढेपछि महसुस भयो ‘म शिलाजस्तै हुन सकिनछु १’ जेहनदार विद्यार्थीप्रति शिक्षकको ध्यान जान्थ्यो विद्यालय जीवनमा शिक्षकले ‘नोट’ गरेपछि थुप्रै सपनाहरू देखिन्थ्यो । शिलाले पुरुषजस्तै बन्न सुझाउनु भएको छ । हामी जस्तो छौं, जे छौं त्यस्तै भएर अगाडि बढ्ने हो । देश असफल हुँदै गएको छ । देश असफल हुनेस नेता र पार्टी सफल हुने हुँदैन । हामीले देउवा भन्दा केपी ओली ठीक, केपी ओलीभन्दा प्रचण्ड ठीक भन्न पाएनौं ।
आज हामीले के गर्छौं भन्ने कुराले हाम्रो कम्युनिष्ट आन्दोलन अब कसरी अगाडि बढ्दछ भन्ने कुरा निर्धारण गर्दछ । त्यसको निम्ति आज बहस आवश्यक छ । म त्यस प्रकारको बहसमा पूर्वाग्रह नराखी भाग लिन चाहन्छु ।

–उषाकिरण तिमिल्सिना

***


पाठकको जिज्ञासा तान्न सक्नुले खकको सामथ्र्य हो । संस्मरण लेखन शैलीगत रूपले निजात्मक हुन्छ । यो कृतिमा राजनीतिका पछिल्ला बहसहरू छन् । यो पक्ष कृतिको सीमा हो । यसमा बाल्यकालदेखि पछिल्लो समयसम्मको लेखकको अनुभीति जन्य कथाहरू शिलशिलावद्ध छन् । शिला जनयुद्धको समयमा बारम्बार चर्चामा आइरहने नाम पनि हो भने अजबलाल यादव स्थानीय सामन्तसँग लड्दै विकास हुँदै आएको धाराको नेता हुन् । उनी पञ्चायति कालमा तराईको राजा’ भनिने सामन्त हेमबहादुर मल्लसँग लड्दै आएका नेता हुन् ।
कतिपय संस्मरण र प्रसङ्गहरू उद्धेलित प्रकारका छन् । सयमलाई नयाँ पुस्ताले बुझेन भने त्यसको दोषी नयाँ पुस्ता नभएर हाम्रै कमजोरी हो । त्यसमा नेतृत्वको मुख्य कमजोरी रहन्छ । शिलाकृत ‘समरका दिन’ कृति समग्रमा नेपालका गरीव, शोषित, उत्पीडित महिलाको कथा पनि हो ।
शिलाले आपूmसँगै यात्रारत साथीलाई आपूm गिरफ्तार भएर पनि बचाउनु भएको थियो । पुरुषले आत्मसमर्पण गर्दा पनि महिलाले बलिदान गरेका अनेक गौरवशाली सन्दर्भहरू छन् । पार्टी सदस्य पनि नभएका महिलाहरूले निशस्त्र अवस्थामा प्रहरीको हतियार खोसेर जनतालाई बुझाएका थिए । त्यसबेला कर्णालीको नेतृत्व गरेका विप्लव कार्यक्रममा हुनुहुन्छ । त्यसैले यो कृति जनयुद्धका योद्दा नारीहरूको गौरवगाथा पनि हो । पहाडका ब्राम्हण–क्षेत्री भन्दा पुराना बासिन्दा मैथिली र भोजपुरी भाषिक समुदायभित्र मधेसमा बस्छन् । तर उनीहरूको राष्ट्रप्रेमप्रति शंका गरिन्छ । देशमा गैरराजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्यले नवपुस्ता विद्रोह जेन–जी रचिएको देखिन्छ । सपनामा ऐठन भएजस्तै परिस्थिति हो । मैले वर्तमानलाई त्यसरी हेरेको छु ।

–हिरामणी दुःखी

***


मैले कृतिका सबै लेखहरू पढे । एउटा पढ्नासाथ पुस्तकले यसरी तान्यो कि पुरै सकेर मात्र रोकिएँ । अजबलाल र मातृका यादवको मुद्दा मैले नै बहस गरेको थिए । त्यसैले मलाई लाग्थ्यो शिलालाई चिनेको छु । पुस्तक पढेपछि लाग्यो चिनेको रहेनछु । पुस्तक सकेर मात्र सुत्न गए । त्यसैले त्यस्तो लाग्यो । पुस्तकमा शिलाको सासु आमाले विप्लवसँग गरेको प्रश्न आज सहिद र वेपत्ता परिवारको पनि प्रश्न हो । सहिद परिवार प्रतिष्ठानको आजको कार्यक्रममा पनि मैले प्रचण्डलाई यही प्रश्न सोधेर यो कार्यक्रममा आएको छु । ‘निम्छराहरूलाई सुख दिँदा आउने आनन्द अथाह हुन्छ’ पुस्तकमा शिलाले भन्नु भएको छ । जनयुद्धमा बुद्धिजीवीहरू त्यही कारणले संलग्न भएका थिए ।
अजबलालको कानूनी प्रतिरक्षा गर्न म नै गएको थिए । इश्वरी दाहाल ९असारे०, मातृका र अजबलाल लहरै उभिएका थिए । त्यसबेला उनीहरूले गरेको प्रतिवद्धता अजबलालले पूरा गरे । असारे कता छन् ? मैले आज नै मातृकालाई कता हो ? भनेर आएको छु ।
यो कृति शिलासँगै समकालीन नेपाली समाजको चित्रण पनि हो । सत्य निरूपण आयोग बनाइयो । तर आयोग कता गयो ? नवयुवा विद्रोहपछि आयोग फेरि बनेको छ । प्रचण्डलाई मैले ‘देशको प्रधानमन्त्रीसँग प्रश्न र अपेक्षा हो’ प्रचण्डसँग होइन’ भनेको थिए । क्रान्ति नभएसम्म कुनै पनि आयोगको प्रतिवेदन लागू हुँदैन । क्रान्तिभित्रै एकता र पूmट निहित छ ।
प्रचण्डले सूँढ पसारेका छन् । विचारधारा र नेतृत्वको प्रश्न टुङ्गो नलागेसम्म पार्टी एकता हुँदैन भन्ने बुझेर नै केही मान्छेहरूले प्रचण्डतिर सूँढ पसारेका छन् । बुढो भएर मात्र कोही पनि नेता हुँदैन । आज देशमा राज्य भए नभएको थाहा छैन । देश अप्ठ्यारोमा छ । यस्तो बेला देशलाई नेता चाहिन्छ । कृतिमा ‘निम्छराहरू जागेको बेला’ जस्ता लेखहरू छन् । यो कृति सबैले पढ्न आवश्यक छ ।

–एकराज भण्डारी

***


शिला सीको पहिलो भेट पूर्वी कमाण्ड प्रशिक्षण कार्यक्रम शिल ीगुडीमा भएको हो । उहाँको २०५४ साल श्रावण ११ गतेको विवाहको दिनमा राम्रोसँग चिन्ने मौका भएको थियो । २०५४ साल श्रावण महिनामा भएको पूर्वी कमाण्डको प्रशिक्षण कार्यक्रममा हाम्रो पहिलो भेट भएको थियो । उक्त कार्यक्रममा एक जना पहाडी मूलकी कमरेडसँग मधेसी मूलका कमरेडको विवाह कार्यक्रम छ भन्ने छलफल हुँदै थियो । यो अन्तरजातीय र सांस्कृतिबीचको विवाह एउटा ऐतिहासिक निर्णय थियो । तर प्रेम बिनाको बिहे सफल होला कि नहोला सबैमा शंका–उपशंका थियो । श्रावण ११ गते रातको १० बजेदेखि १२ बजेभित्र विवाहको छोटो कार्यक्रमका बारेमा, बादल, सिपी गजुरेल सफल बैबाहिक जीवनको शुभकामना दिनु भएको थियो । २ वटा माला, अविर र एक–एक पिस मिठाइमा विवाह सम्पन्न भएको थियो । उहाँको पछिल्लो ।(बिहे पछिको) संघर्षको बारेमा ‘समरका दिन’ कृतिबाट थाहा पाए । युद्धको बीचमा बिहे हुनु, बालबच्चा नाबालक हुनु, उहाँ कै घरबाट ५–५ जनाले शाहदात प्राप्त गर्नु छातिको दुध गिलासमा निचोरे प्रतिक्रियावादी सत्ताको कालो कोठरीको गेटमा छरस्पट पारेर फ्याँकेर संघर्षलाई नयाँ रूप दिनु, दुश्मनको घेराभित्र पनि सिंह बनेर गर्जनु उहाँको वीरताको इतिहासले उहाँ एउटा सहीद परिवार मात्र नभएर एउटा विरंगना भएको महसुस गराएको छ ।

– माइला सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु