सुन–चाँदीको मूल्य आज पनि घट्यो
काठमाडौँ । सुन–चाँदीको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज दुई लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। एक महिना अघि सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एक महिनामा सुनको मूल्य २९ हजार ३०० सय रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको हो।
त्यस्तै, आज चाँदीको मूल्य ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। एक महिना अघि चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा कारोबार भएको थियो। एक महिनामा चाँदीकोे मूल्य ८०५ रुपैयाँ घटेको छ।
