सुनचाँदीको मूल्य तोलामा १२ हजार दुई सय रूपैयाँले घट्यो
काठमाडौँ । सुनचाँदीको मूल्य तोलामा १२ हजार दुई सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो।
