एसिया राइजिङ स्टार्स कप : नेपाल र भारत ‘ए’ भिड्दै

२०८३ मंसिर ४ गते, शुक्रबार


काठमाडौँ । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहामा हुने नेपाल र भारत ‘ए’ बीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
भारत ‘ए’ को कप्तानी तिलक वर्माले गर्दैछन् । भारतीय टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी र रिंकु सिंहजस्ता चर्चित खेलाडी छन् । बलियो खेलाडी सम्मिलित भारत ‘ए’ विरुद्ध नेपाललाई चुनौतीपूर्ण प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
एसिया क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी छन् । प्रतियोगिता ५० ओभरको हुनेछ । सहभागी टोलीमा नेपाल, भारत ‘ए’, पाकिस्तान शाहिन्स, यूएई, श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येक टोलीले आफ्ना समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका खेल नोभेम्बर २६ र २७ तथा फाइनल नोभेम्बर २९ मा हुनेछ ।
नेपालले एसिया मेन्स एलिट कपमा गरेको प्रदर्शनका आधारमा यस प्रतियोगितामा स्थान बनाएको हो । युवा तथा उदीयमान खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने र एसियाली क्रिकेटमा आफ्नो क्षमता देखाउने नेपालका लागि यो महत्वपूर्ण अवसर हुनेछ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु