आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु

२०८३ मंसिर ४ गते, शुक्रबार

काठमाडौँ । नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, उपकरण तथा मेसिनरी प्रदर्शनमा राखिएका छन् । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रणाली र शीतभण्डारण प्रविधिलगायत सामग्री राखिएका छन् ।
प्रदर्शनीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र कृषिको यान्त्रिकीकरणलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषक, कृषि उद्यमी, व्यवसायी तथा सरोकारवालाले आधुनिक कृषि उपकरण र प्रविधिबारे जानकारी लिन सक्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]