‘नेकपा(माओवादी)ले अग्रगामी परिवर्तन र समाजवादको नेतृत्व पूरा गरि छाड्छ’

२०८३ कार्तिक ८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नेकपा(माओवादी)ले अग्रगामी परिवर्तन र समाजवादको नेतृत्व पूरा गरि छाड्ने उदघोष गरेका छन् । क्षेप्यास्त्र साप्ताहिकलाई २० औँ बर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिंदै उनले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले यतिबेला नेपाली राजनीतिक संघर्ष र वर्गसंघर्ष तीव्र र तीखो बन्दै गएको छ उल्लेख गर्दै दलाल पूँजीवाद र साम्राज्यवाद विरोधी संघर्षले नयाँ चरण र उचाई प्राप्त गर्ने बताए । उनले श्रमिक जनताले आपूmलाई सबै भ्रमबाट मुक्त गर्दै आफ्नै सत्ताका लागि निर्णायक संघर्षमा अगाडि बढाउने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले क्षेप्यास्त्र साप्ताहिकलाई २० औँ बर्ष प्रवेश गरेको अवसरमा दिएको शुभकामना यस प्रकार रहेको छ – ‘क्षेप्यास्त्र साप्ताहिकले १९वर्ष पार गरेर २० औँ वर्षमा प्रवेश गरेको जानकारी पाउँदा धेरै खुसी लागेको छ । २० औँ वर्ष प्रवेशको सुअवसरमा क्षेप्यास्त्र साप्ताहिकलाई धेरै धेरै शुभकामना !
हामीलाई राम्रो जानकारी छ कि क्षेप्यास्त्र साप्ताहिक क्रान्ति र प्रतिक्रान्ति, मालेमावाद र संशोधनवाद, समाजवाद र दलाल पूँजीवादबीचको भीषण संघर्षको समयमा जन्मिएको हो । यसले आजसम्म निरन्तर क्रान्ति, समाजवाद, माक्र्सवादको पक्षमा काम गरिरहेको छ ।
यतिबेला नेपाली राजनीतिक संघर्ष र वर्गसंघर्ष तीव्र र तीखो बन्दै गएको छ । संभवतः दलाल पूँजीवाद र साम्राज्यवाद विरोधी संघर्षले नयाँ चरण र उचाई प्राप्त गर्ने छ । श्रमिक जनताले आपूmलाई सबै भ्रमबाट मुक्त गर्दै आफ्नै सत्ताका लागि निर्णायक संघर्षमा अगाडि बढाउने छन् ।
नेकपा(माओवादी) एकीकृत जनक्रान्तिको आफ्नो मौलिक बिचारसहित वैज्ञानिक समाजवादका निम्ति लडिरहेको छ । हाम्रो दृढ विश्वास छ कि नेकपा(माओवादी)ले जनताको अग्रगामी परिवर्तन वा समाजवादको नेतृत्व पूरा गरिछोड्ने छ । यस संघर्षमा पनि क्षेप्यास्त्र साप्ताहिकले सशक्त भूमिका पूरा गर्नेछ ।
अन्तमा हाम्रो पार्टीका सल्लाहकार तथा क्षेप्यास्त्र साप्ताहिकका सम्पादक राजेन्द्र चिमौरियाले जसरी कडा मेहनतका साथ पत्रिकालाई सफलतातिर बढाइरहनु भएको छ । विश्वास छ उहाँले यो वर्ष अझै राम्रो गर्नु हुनेछ । सम्पादक चिमौरियालाई पनि हृदयदेखि धन्यवाद साथै उज्ज्वल शुभकामना ।’

प्रतिक्रियाहरु

[anycomment]