चालु आर्थिक वर्षको ३ महिनामा १८ प्रतिशत बजेट खर्च

२०८३ कार्तिक ४ गते, मंगलवार


काठमाडौँ । कोष तथा लेखानियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ।कार्यालयका अनुसार सरकारले विनियोजनको १८.६५ प्रतिशत अर्थात ३ खर्ब ९६ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको हो। गत आर्थिक वर्षको तुलनामा पूँजिगत खर्च बढेको छ।
गत आर्थिक वर्षको तीन महिनामा चार दशमलव सात प्रतिशत मात्र खर्च भएकोमा चालुवर्षको सोही अवधिमा ६.५९ प्रतिशत अर्थात २८ अर्ब ४२ लाख रुपैयाँ विकास बजेट खर्च भएको छ। यद्यपि गतवर्ष भदौमा भएका जेनजी आन्दोलनका कारण पूजिँगत बजेट खर्च प्रभावित हुन पुगेको थियो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ८.३४ प्रतिशत खर्च थियो। चालुतर्फ भने २ खर्ब ९१ अर्ब ६५ करोड अर्थात कुल बजेटको करिब २३ प्रतिशत खर्च भएको छ।
पूँजिगत खर्चमा केही सुधारदेखिए पनि कुल बजेट गर्नसक्ने क्षमता भनेसरकारले बढाउन सकेको छैन। राजश्वसंकलन भने यसवर्ष अपेक्षित देखिएको छ।
१५ खर्ब ८० अर्ब ३१ करोड राजश्व उठाउने लक्ष्य लिएको सरकारले यो तीन महिनाको अवधिमा २ खर्ब ९८ अर्ब ७० करोड अर्थात लक्ष्यको १८.९ प्रतिशत संकलन गरिसकेको छ। सम्पूर्ण लक्ष्यको तुलनामा यो केही कम भए पनि मासिक लक्ष्य भने सरकारले लगभग भेट्टाइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु