दुर्गा पूजास्थलमा भागदौड :१९ जनाको मृत्यू ,२५ जना घाइते

२०८३ कार्तिक ४ गते, मंगलवार


काठमाडौँ । भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबगानमा रहेको दुर्गा पूजा स्थलमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २५ जना घाइते भएका छन् । पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार शनिबार साँझ करिब ७:३० बजे उक्त घटना भएको हो । उनका अनुसार सुरुमा १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने पछि थप दुई जनाको मृत्यु भएको हो । घाइतेमध्ये २४ जनाको अवस्था खतरामुक्त रहेको र एक जनाको अवस्था केही गम्भीर रहेको मुख्यमन्त्री अधिकारीले बताएका छन् ।
घटनापछि सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने र प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ । घाइतेको उपचार खर्च सरकारले बेहोर्ने तथा उनीहरूलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि उनले बताएका छन् । स्थानीयका अनुसार चोरबागानमा दुर्गा पूजा आयोजना हुन थालेको ९१ वर्ष भइसकेको छ । तर, यसअघि यस्तो दुर्घटना भएको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]