‘जेन जीहरुलाई अकल्पनीय धोका भएको छ ‘

२०८३ भाद्र २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले जेन जीहरुलाई अकल्पनीय धोका भएको ठोकुवा गरेका छन्।
देशमा जेन -जी आन्दोलन भएको एक बर्ष पुरा भएको छ। यस आन्दोलन पछिको देशको राजनीतिलाई कसरी नियाल्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिदै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले जेन जी बिद्रोहमा प्राण उत्सर्ग गर्ने महान युवाहरुप्रति भावपूर्ण श्रद्दान्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै भने -‘ १० बर्षे माओबादी जनयुद्ध र १९ दिने ऎतिहासिक जनआन्दोलनका बिरुद्ध २०६३ साल देखि २०६८ सालसम्म मुख्य संक्रमणकालिन समय अवस्थामा भएको प्रतिक्रान्ति र २०६९ साल देखि २०८२ भाद्रसम्म भएको प्रतिकान्तिकारी सोच र प्रवृतिले संघीय लोकतान्त्रिक गणतन्त्रको आवरणमा गरेको जनयुद्ध र जनआन्दोलनको बिचार , राजनीतिक , आर्थिक , सामाजिक र क्षेत्रीय लगायत मुद्दाका बिरुद्ध संचालन गरेको दलाल पूंजीवादी राज्य र त्यसका संचालक दलाल संसदवादी नेताहरुले गरेको चरम राष्ट्रघात र जनघातले पैदा गरेको संकटको उपज नेपाली जनताको बिद्रोह नै जेन जी बिद्रोह हो । यस बिद्रोहले खोजेको राज्य व्यवस्था र त्यसलाई संचालन गर्ने नेतृत्व परिवर्तन थियो र त्यसकै निम्ति जेन जी बिद्रोहमा युवा र नेपाली जनताले बलिदान गरेको थिए ।’
प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय संकटले पैदा गरेको बिद्रोहले नेपाल राष्ट्रको स्वाधिनता , दलाल संसदीय राज्य व्यवस्थाको परिवर्तन गरी नेपाली श्रमजीवी जनताको समाजवादी व्यवस्था र देश एबम् नेपाली जनताप्रति पूर्ण बफादार नेतृत्व खोजेको बताउदै अन्तरिम सरकार , गत फागुन २१ गतेको चुनाव र बालेन नेतृत्वको सरकारले उपरोक्त आवश्यकता परिपूर्ति गर्न नसको ठोकुवा गरे। उनले आफ्नो अन्तर्राष्ट्रिय र नेपाल केन्द्रित स्वार्थसिद्धिका निम्ति अमेरिकी साम्राज्यवादले नेपालको राष्ट्रिय संकट र जेन जी विद्रोहको चरम दुरुपयोग गरेको बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सरकार गठन भएको ६ महिनामै राष्ट्रको स्वाधिनता,जनाधिकार र जनजीविकाको सवाल इतिहासमै गम्भीर खतरामा पर्दै गएको ठोकुवा गरे। उनले जेन जी आन्दोलनप्रति वर्तमान राज्य र सरकार पुरै बिरोधि सावित भएको ठोकुवा गर्दै जेन जीहरुलाई अकल्पनीय धोका भएको बताए।
प्रवक्ता प्रकाण्ड सीले अहिलेको राज्य र संचालक बालेन नेतृत्वको सरकार चरम राष्टघाती , जनाधिकार र जनजीविका बिरोधि प्रमाणित भएको तथ्य प्रस्तुत गर्दै भने – ‘जेन जीलाई मात्र होइन , आम श्रमजीवी जनता र राष्ट्रलाई डरलाग्दो धोका भएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जेन जीहरुको मुद्दाको सम्बोधन राष्ट्र र नेपाली जनताको तमाम समस्याको समाधानको निम्ति अहिलेको राज्य र त्यसका संचालक नवदलाल पुँजीवादीहरुको अन्त्य अनिबार्य बन्न पुगेको बताए। उनले राष्ट्रिय स्वाधिनता र नेपाली श्रमजीवी जनताको समाजवादी व्यवस्था स्थापनाका निम्ति देशभक्त ,समाजवादी र स्वच्छछबि भएको राष्ट्रिय नेतृत्वको आवश्यकता भएको बताउदै यसका निम्ति नेपाली जनतालाई गम्भीर ढंगले सोचेर निर्णय लिन बिशेष अपिल समेत गरे।

प्रतिक्रियाहरु

[anycomment]