संघीय संसदको चालु अधिवेशन अन्त्य

२०८३ आश्विन १५ गते, बिहीबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालि अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार उक्त अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

प्रतिक्रियाहरु

[anycomment]