देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन सुरु

२०८३ आश्विन १५ गते, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि गर्दैछ।
कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यसअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ।
महाधिवेशनअन्तर्गत वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको देउवा पक्षले जनाएको छ। साथै, ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइएको जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]