नेप्से परिसूचक ०.२६ अङ्कले बढ्यो

२०८३ आश्विन १५ गते, बिहीबार


काठमाडौँ । नेप्से परिसूचक ०.२६ अङ्कले बढेर २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ। यो शून्य दशमलव शून्य १ प्रतिशतको सामान्य वृद्धि हो।
बजार बन्द हुँदा कुल ३५३ वटा कम्पनीका १ करोड २ लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार आज कुल बजार कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ ४ पैसा कायम भएको छ।
कारोबारमा आएका उपसूचकहरूमा मिश्रित प्रभाव देखिएको छ। बैंकिङ ०.३९ प्रतिशत, विकास बैंक ०.२२ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत र हाइड्रोपावर ०.०३ प्रतिशतले बढेको छ ।
नन लाइफ इन्स्योरेन्स ०.५० प्रतिशत, अन्य ०.३२ प्रतिशत र म्युचुअल फन्ड ०.२६ प्रतिशतले घटेका छन्। इन्भेष्टमेन्ट इन्डेक्स भने स्थिररहेको छ।
आज सर्वाधिक कमाउनेमा सिन्धु विकास बैंक रहेको छ । यसको सेयर मूल्य १०.८१ ले बढेको छ। आज सर्वाधिक गुमाउने सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.६६% ले घटेर सर्वाधिक गुमाउने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी कारोबार सिद्धार्थ बैंकको ३० करोड ५३ लाख रुपैयाँको भयो। बजारमा आज १३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटाको घटेको छ भने १२ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु