नेकपा (माओवादी ) कालिकोटले पार्टी पुर्नगठन दिवस भब्यरुपमा मनायो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) कालिकोटले १३औं पार्टी पुर्नगठन दिवस तथा २६औं जनमुक्ति सेना स्थापना दिवस भब्यरुपमा मनाएको छ । नेकपा (माओवादी ) कालिकोटका ईन्चार्ज विवेक सि काे अध्यक्षतार पार्टी केन्द्रीय सदस्य बिराट सि काे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सुनिता सि, केन्द्रीय सल्लाहकार समिति सदस्य समग्र सि ,नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तुलराज बिस्ट, नेपाली काग्रेसका महासमिति सदस्य सुमित्रा बम, राष्ट्रिय जनमाेर्चाका जिल्ला ईन्चार्ज अजगिरि , नागरिक समाज सयाेजक तथा अधिवक्ता दमनराज बमलगायतकाे उपस्थिति रहेको थियो ।
