महागुरु फाल्गुनन्दको १४२ औँ जन्मजयन्ती मनाइँदै

२०८३ कार्तिक २५ गते, बुधबार

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४२ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।
समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन वि.सं २००५ मा भएको हो ।
किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज भाइटीका, उत्तम साइत बिहान ११: ७ बजे

२०८३ कार्तिक २५ गते, बुधबार

नेवार समुदायमा म्हः पूजा गरिँदै

२०८३ कार्तिक २४ गते, मंगलवार

आगामी पाँच दिनको मौसम पूर्वानुमान

२०८३ कार्तिक २३ गते, सोमबार

जिप दुर्घटना : ६ जना घाइते

२०८३ कार्तिक २३ गते, सोमबार