अर्थ

नेप्से ३३.२८ अंकले घट्यो

काठमाडौँ । नेप्से परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा पुगेको छ। आज बजार खुलेदेखि नै गिरावटको क्रम जारी थियो। समग्रमा परिसूचक १.२१ प्रतिशतले घटेको छ। सोमबार कुल ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा कुल […]

२०८३ श्रावण ११ गते, सोमबार

अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो, पाउन्डको बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ घटेको छभने पाउन्ड लगायत केही मुद्रा महँगिएका छन् । आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।गएको जेठ ७ गते अमेरिकी डलर […]

२०८३ श्रावण ११ गते, सोमबार

न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार […]

२०८३ श्रावण ९ गते, शनिबार

वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्ने भएको हो । त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त […]

२०८३ श्रावण ९ गते, शनिबार

लेखा अधिकृत भट्टराई घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्वब भट्टराई घुस रकमसहित नियन्त्रणमा लिएको छ । भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका अख्तियारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । भट्टराईलाई सेवाग्राहीबाट […]

२०८३ श्रावण ८ गते, शुक्रबार

२५ अर्बभन्दा बढी स्वास्थ्य बीमा दाबी भुक्तानी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष २०८२-८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो । पछिल्लो निर्णयअनुसार […]

२०८३ श्रावण ८ गते, शुक्रबार

वैदेशिक व्यापार २४ खर्ब नाघ्यो !

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा आयात १६.२० प्रतिशतले वृद्धि भएको हो ।त्यस्तै, गत […]

२०८३ श्रावण ८ गते, शुक्रबार

पाँच हजार अमेरिकी डलर भन्सार घोषणाबिनै ल्याउन पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो।पाँच […]

२०८३ श्रावण ८ गते, शुक्रबार

६५२ केजी गाँजा बरामद, तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले सञ्चालन गरेको अपरेशनमा एक पिकअप गाडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।प्रहरीका अनुसार पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा […]

२०८३ श्रावण ७ गते, बिहीबार

अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो

काठमाडौँ । अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। आज १ अमेरिकी डलरको खरिद दर १५३.६८ रुपैयाँ रहँदा बिक्री दर १५४.२८ रुपैयाँ छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १५४.०२ रुपैयाँ र बिक्री दर १५४.६२ रुपैयाँ थियो।यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७५.५६ रुपैयाँ कायम भएको छ। बिक्री दर १७६.२५ […]

२०८३ श्रावण ६ गते, बुधबार