अर्थ

लेवल नभएका फुटवेयर विक्री गरे कारबाही

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेवल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत)उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ ।विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो चेतावनी दिएको हो । उपभोक्ता […]

२०८३ श्रावण २ गते, शनिबार

आर्थिक वर्ष २०८३/८४ शुरु

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ शुरु भएसँगै बजेट कार्यान्वयनमा आएकाे छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। सरकारले चालू आर्थिक वर्षका लागि कूल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम […]

२०८३ श्रावण १ गते, शुक्रबार

बैंकहरूको ब्याजदर घट्ने क्रम जारी

काठमाडौँ । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर […]

२०८३ असार ३२ गते, बिहीबार

राजश्व संकलनमा ७.४ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ सकिन एक दिनमात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको करिब ८३ प्रतिशत राजश्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार ३१ गतेसम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो। यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको कुल १४ खर्ब ८० अर्ब रुपैयाँको […]

२०८३ असार ३२ गते, बिहीबार

नीजि क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट नीजि क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको जनाएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्ममा बैंकहरुको नीजि क्षेत्रमा लगानी ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी […]

२०८३ असार ३१ गते, बुधबार

करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागका अनुसार देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस […]

२०८३ असार ३१ गते, बुधबार

अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो

काठमाडौँ । अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। आज १ अमेरिकी डलरको खरिद दर १५१.६६ रुपैयाँ रहँदा बिक्री दर १५२.२६ रुपैयाँ छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १५२.३४ रुपैयाँ र बिक्री दर १५२.९४ रुपैयाँ थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७३.२८ रुपैयाँ कायम भएको छ। बिक्री दर […]

२०८३ असार २४ गते, बुधबार

काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण तीव्र

काठमाडौँ । पशु सेवा विभागले देशका अधिकांश जिल्लामा बर्डफ्लू संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको जनाएको छ । विभागले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवन लगायत जिल्लामा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको जनाएकाे हाे । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायले उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था […]

२०८३ असार २४ गते, बुधबार

घरजग्गा कारोबार ६.४२ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बरारबको घरजग्गा खरिद बिक्री भएको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १ खर्ब बराबरको घरजग्गा खरिद बिक्री भएको थियो । चालु आवको तेस्रो त्रैमासमा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको बैंकले […]

२०८३ असार २३ गते, मंगलवार

तुलसी सहकारीका ऋणीले ऋण चुक्ता नगरे कानुनी कारबाही

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विगत लामो समयदेखि बचतकर्ताको रकम हिनामिना गरी समस्याग्रस्त घोषित भएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले संस्थाको उपलब्ध वित्तीय तथा ऋण विवरणका आधारमा ती ऋणीहरूको पहिचान गरी सूची सार्वजनिक गरेको जनाएको हो। यस प्रक्रियामा साविकमा आफ्नो सम्पूर्ण ऋण चुक्ता गरिसकेका तर […]

२०८३ असार २३ गते, मंगलवार