अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो
काठमाडौँ । अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। आज १ अमेरिकी डलरको खरिद दर १५३.६८ रुपैयाँ रहँदा बिक्री दर १५४.२८ रुपैयाँ छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १५४.०२ रुपैयाँ र बिक्री दर १५४.६२ रुपैयाँ थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७५.५६ रुपैयाँ कायम भएको छ। बिक्री दर १७६.२५ रुपैयाँ छ। मंगलबार १ युरोपियन युरोको खरिद दर १७६.०३ रुपैयाँ र बिक्री दर १७६.७२ रुपैयाँ थियो। आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०६.३६ रुपैयाँ र बिक्री दर २०७.१७ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०७.३२ रुपैयाँ र बिक्री दर २०८.१३ रुपैयाँ थियो।
