व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

२०८३ श्रावण २८ गते, बिहीबार


काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका उनीहरूलाई सीआईबीले बीमा ऐन २०७९ र धितोपत्र सम्बन्धी कसुर पनि अनुसन्धान गरेको थियो। यसअघि उनीहरूलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो।
न्यायाधीश शिव प्रसाद आचार्यको इजलासले उनीहरूलाई छाड्ने आदेश जारी गरेको थियो। बीमासम्बन्धी कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग १ करोड ५० लाख धरौटी माग गरेको थियो। त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड र भट्टसँग एक करोड धरौटी माग गरेको थियो । यस्तै, हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्रीसम्बन्धी मुद्दामा अग्रवालसँग अदालतले २ करोड ३० लाख धरौटी माग गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हायर पर्चेज कर्जामा नयाँ मापदण्ड

२०८३ श्रावण २७ गते, बुधबार

नेप्से परिसूचक ०.७९ अंकले वृद्धि

२०८३ श्रावण २६ गते, मंगलवार

नाइमा एक्स्पो सुरू

२०८३ श्रावण २६ गते, मंगलवार