बिश्व

ट्रम्प प्रशासनद्वारा विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक

काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । ट्रम्प प्रशासनले वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो ।अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । […]

२०८२ मंसिर १४ गते, शनिबार

‘कब्जा गरिएका क्षेत्रबाट युक्रेनी सेना नहटेसम्म युद्ध रोकिदैन’

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी युद्ध अन्त्य गर्ने प्रमुख सर्तहरू दोहोर्‍याएका छन् । पुटिनले आफुहरुले दाबी गरेको क्षेत्रहरूबाट युक्रेनले आफ्नो सेना फिर्ता गरेपछि मात्र रूसले युद्ध रोक्ने स्पष्ट गरेका छन् । पुटिनले लामो समयदेखि आफुले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गर्दै आएका छन् । यसमा २०१४ मा कब्जा गरिएको क्रिमिया र […]

२०८२ मंसिर १३ गते, शुक्रबार

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन। भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ। भूकम्प पछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको […]

२०८२ मंसिर १२ गते, बिहीबार

पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय

काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाएको छ । ७० बर्षिय पूर्वराष्ट्रपति बोल्सोनारोमाथि २०२२ को राष्ट्रपति चुनाव हारे पनि सत्तामा रहन वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारलाई उल्ट्याउने षड्यन्त्र रचेको आरोपमा सो सजाय सुनाइएको हो । सुनुवाइको क्रममा, बोल्सोनारोको कानुनी टोलीले अदालतको निर्णयविरुद्ध अन्तिम अपील दायर […]

२०८२ मंसिर ११ गते, बुधबार

पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण : १० बालबालिकाको मृत्यु

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गर्दा १० बालबालिका र महिलाको मृत्यु भएको छ । तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन् । उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन् जसमा कम्तीमा चार नागरिक घाइते भएका […]

२०८२ मंसिर १० गते, मंगलवार

इजरायलद्वारा गाजामा आक्रमणमा : ४ जनाको मृत्यु

काठमाडौँ । इजरायली सेनाकाे हवाई आक्रमणमा परी गाजामा सोमबार ४ जना प्यालेस्टिनीको मृत्यु भएकाे छ। साेही आक्रमणमा परी अन्य घाइते भएका हुन्। गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएकाे हाे। साथै थप २ […]

२०८२ मंसिर १० गते, मंगलवार

इजरायलद्वारा लेबनानमा भीषण आक्रमण, हिजबुल्लाहका शीर्ष कमाण्डर मारिए

काठमाडौँ । इजरायली आक्रमणमा लेबनानको हिजबुल्लाह समूहका एक शीर्ष कमाण्डरको मृत्यु भएको छ। लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा इजरायलले हवाई आक्रमण गरेको थियो। जसमा हिजबुल्लाह समूहका चिफ अफ स्टाफ हैथम अली अल–तब्तबाई मारिएका हुन्।उनी हिजबुल्लाका विभिन्न पदमा बसेर काम गरेका पुरानो सदस्य रहेको इजरायली दाबी छ। हिजबुल्लाह समूहले तब्तबाईको मृत्यु भएको पुष्टि गर्दै इजरायलले रातो […]

२०८२ मंसिर ९ गते, सोमबार

भियतनाममा भिषण बाढी : ९० जनाको मृत्यु १२ जना वेपत्ता

काठमाडौँ । भियतनाममा अविरल वर्षापछि आएको बाढीमा परी कम्तिमा ९० जनाको ज्यान गएको छ भने १२ जना वेपत्ता भएका छन् । बाढीबाट एक लाख ८६ हजार घरमा क्षति पुगेको । यस्तै करीब ३० लाख वस्तुभाउ बाढीमा बगेका छन् । बाढीबाट अहिलेसम्म करोडौं डलर बराबरको क्षति भएको भियतनाम सरकारले जनाएको छ ।पहाडी प्रान्त डाक लाक बाढीबाट […]

२०८२ मंसिर ९ गते, सोमबार

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो पक्राउ

काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन् । बोल्सोनारोले आफ्नो २७ वर्षको जेल सजाय सुरु गर्नुभन्दा केही दिनअघि यो कारबाही गरिएको बताइएको छ ।प्रहरी अधिकारीहरूका अनुसार बोल्सोनारोलाई उनको घरमै नजरबन्दबाट हटाएर राजधानी ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा ल्याइएको छ । यो कारबाही ब्राजिलको सर्वोच्च अदालतको आदेशमा गरिएको थियो। बोल्सोनारोलाई कूको षड्यन्त्र रचेको आरोप […]

२०८२ मंसिर ८ गते, आईतवार

जी- २० सम्मेलनमा ट्रम्प र पुटिन, सी अनुपस्थित

काठमाडौँ । दक्षिण अफ्रिकामा आज शुरु हुन लागेको जी-२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ अनुपस्थित रहेका छन । मुख्य साझेदार देशका नेता नै उपस्थित नभएपछि सम्मेलन विवादमा तानिएको हो ।दक्षिण अफ्रिकाले गोरा किसानहरुमाथि अत्याचार गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मेलनमा सहभागी भएनन् । उता […]

२०८२ मंसिर ७ गते, शनिबार