बिश्व

ट्रम्पद्वारा ८ युरोपेली राष्ट्रमाथि थप भन्सार शुल्क लगाउने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ८ युरोपेली राष्ट्रहरूमाथि थप भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले ग्रीनल्याण्ड खरिद गर्ने आफ्नो प्रस्तावको विरोध गर्ने ८ युरोपेली राष्ट्रहरूमाथि अर्को महिनादेखि थप भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन्।ट्रम्पले डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहितका देशबाट आयात हुने सामानमा आगामी फेब्रुअरी १ देखि १० प्रतिशत र जुन महिनादेखि २५ […]

२०८२ माघ ५ गते, आईतवार

ट्रम्पद्वारा गाजाको पुनर्निर्माण गर्न ‘बोर्ड अफ पिस’ गठन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको पुनर्निर्माण गर्न ‘बोर्ड अफ पिस’ गठनको घोषणा गरेका छन्। उनले गाजामा युद्धविरामका निम्ति पेस गरिएको २० बुँदे प्रस्तावानुसार ‘बोर्ड अफ पिस’ घोषणा गरेका हुन् ।ट्रम्पले बोर्ड अफ पिसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहित आफ्ना ज्वाइँ जेरेड कुश्नरलाई पनि समावेश गरेका छन् । टोनी ब्लेयर बोर्डको संस्थापक सदस्यमध्ये एक हुनेछन् […]

२०८२ माघ ४ गते, शनिबार

इजरायलद्वारा पूर्वी लेबनान हवाई आक्रमण

काठमाडौँ । इजरायलले पूर्वी लेबनान हवाई आक्रमण गरेको छ। इजरायली लडाकु विमानहरूले पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण गर्दा आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको बताइएको छ । लेबनानी सुरक्षा स्रोतकाअनुसार पश्चिम बेका क्षेत्रका सोहमोर र मघघारा शहरहरूमा १२ वटा मिसाइल प्रहार गरिएको थियो । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार चारवटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका […]

२०८२ माघ ४ गते, शनिबार

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल इरान छोड्न निर्देशन

काठमाडौँ । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरूलाई तत्काल इरान छोड्न निर्देशन दिएको छ। तेहरान हेर्ने भर्चुअल अमेरिकी दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश छोड्न निर्देशन दिएको हो। दूतावासले इरानमा दुई साता भन्दा लामो समयदेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्था र प्रदर्शनकारीमाथि त्यहाँको सरकारले […]

२०८२ माघ १ गते, बुधबार

इरानमा प्रदर्शन जारी : २ हजार ४०३ जनाको मृत्यु

काठमाडौँ । इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मृत्यु हुनेको संख्या २००३ पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ।इरानी अधिकारीहरुले […]

२०८२ माघ १ गते, बुधबार

ट्रम्पद्वारा इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। ट्रम्पले सोमबार राति ट्रुथसोसलमा लेख्दै इरानसँग व्यापार गरिरहेका कुनै पनि देशले अब अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने जानकारी गराएका हुन्। यो निर्णय तुरुन्तै लागु हुने उनले बताएका छन्। उनले लेखेका छन्- ‘इरानसँग व्यापार गर्ने […]

२०८२ पुष २९ गते, मंगलवार

ट्रम्प भेनेजुएलाको स्वघोषित कार्यवाहक राष्ट्रपति !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको कार्यवाहक राष्ट्रपति बनेको स्वघोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा उनी ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको दाबी गरिएको छ ।अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि तीव्र अन्तर्राष्ट्रिय विवादको बीचमा ट्रम्पले यो दाबी गरेका हुन् । ट्रुथ सोसलमा ट्रम्पले प्रकाशित गरेको […]

२०८२ पुष २८ गते, सोमबार

इरानमा सरकारबिरुद्ध प्रदर्शन : ५०० जनाको मृत्यु, हजारौँ प्रदर्शनकारी पक्राउ

काठमाडौँ । इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ । अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। इरान सरकारले भने मृत्यु […]

२०८२ पुष २८ गते, सोमबार

इरानमा सरकारविरोधी प्रदर्शन चर्कियो

काठमाडौँ । इरानमा राजधानी तेहरानसहित देशका सबैजसो शहरमा लाखौँ मानिस सडकमा उत्रिएका छन्। दुई हप्तादेखि जारी सरकारविरोधी आन्दोलन दबाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि सिधै गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या बढेको छ। तेहरानका अस्पतालहरूमा मात्रै २१७ जनाको मृत्यु भएको र सयौँको संख्यामा घाइतेहरू उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मानवाधिकारवादी संस्थाहरूका अनुसार कतिपय अस्पतालहरूमा घाइतेको अत्यधिक चापका […]

२०८२ पुष २७ गते, आईतवार

‘नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन मिल्दैन’

काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार, समितिले एक विज्ञप्ति जारी गर्दै नोबेल पुरस्कार दिने निर्णय अन्तिम र […]

२०८२ पुष २७ गते, आईतवार