नेप्से २.३१ अङ्कले बढ्यो

२०८३ आश्विन २२ गते, बिहीबार

काठमाडौँ । नेप्से २.३१ अङ्कले बढेर २५७४.६५ विन्दुमा पुगेको छ। बजारमा सकारात्मक प्रभाव देखिएसँगै आजको कुल कारोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। आजको बजारमा १ करोड १२ लाख कित्ता शेयरको कारोबार भएको छ। आज बजारमा कुल २७८ कम्पनीमध्ये १४० कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। कुल ३५४ स्क्रिप्समा कारोबार भएको आजको बजारमा ४३ हजार ८१२ वटा कारोबार सम्पन्न भएका छन्।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको २५ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स र हिमालयन पावर पार्टनर पनि उच्च कारोबार हुने शीर्ष पाँच कम्पनीमा परेका छन्।
आजको बजारमा कुथेली भुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढ्नु बाहेक अरू ठुलो उतारचढाव भएन । आरबीबी म्युचुअल फन्ड आज ८.०७ प्रतिशत गिरावटसहित सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो ।

प्रतिक्रियाहरु

[anycomment]