गर्बुजाकाे हत्यारा पत्ता लगाई कारवाही गर

२०८० माघ १९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी म्याग्दीले सुशील गर्बुजाको हत्यारा पत्ता लगाई कारवाही गर्न माग गरेको छ। नेकपा म्याग्दी बेनी नगरपालिका इन्चार्ज गाेविन्द सीले प्रेस विज्ञप्ति जारी गरि उक्त घटनाको सत्य तथ्य छानबिन दाेषीलाई आवश्यक दण्ड र मृतक परिवारलाई उचित न्याय दिन म्यादी जिल्लाकाे सम्बन्धित सबै निकायहरुलाई जाेडदार माग गरेका हुन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारको न्युरोडमामा गत ११ गते साँझ घटेको घटनाका सम्पूर्ण दोषीहरुलाई हालसम्म प्रहरीले पक्राउ गर्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै नेकपा म्याग्दीले उक्त घटनाको छिटोभन्दा छिटो सत्य तथ्य पत्ता लगाई सार्वजनिक नगरिए साेकाे विरुद्ध संघर्षमा उत्रिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी बजारमा बस्दै आएका गर्बुजाको गत ११ गते न्युरोडमा चक्कु प्रहार गरि हत्या गरिएको घटनाले जिल्लाको सदरमुकाम अपराध र अपराधीहरुको अखडा भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
यी र यस्ता घटनाहरु नेपाली समाजमा घटिरहनुले देशको दलाल राज्यव्यवस्था पूर्ण रुपमा असफल भएको उल्लेख गर्दै पीडितको न्यायको लागि सम्बन्धित निकायहरुलाई नेकपा म्याग्दीले विज्ञप्ति मार्फत आह्वान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार