बेलायतका विदेश राज्यमन्त्री नेपाल आउँदै
काठमाडौ, १९ जेठ ।बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउदै छन् ।नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय बर्ष पुग्न लागेको सन्दर्भमा राज्यमन्त्री स्वायरको भ्रमण हुन लागेको हो । नेपालको पछिल्लो राजनीतिक अवस्था तथा संविधानसभाको निर्वाचनपछि गठन भएको संयुक्त सरकार र त्यसले अघि सारेका समाजिक–आर्थिक विकास योजनालगायतका विषयमा उच्च सरकारी अधिकारीहरुसँग छलफल गर्नु हुने बताईएको छ ।
राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग राज्यमन्त्री स्वायरले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।