प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन भोलिदेखि
काठमाडौँ, २१ जेठ । ‘विकास योजनाका लागि जनसङ्ख्याको सञ्चार’ भन्ने नाराका साथ भोलि जेठ २२ देखि २४ गतेसम्म नेपालमा प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन हुने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, नेपाल जनसङ्ख्या सङ्घ, कृपा नेपाल, नेपाल परिवार नियोजन सङ्घ र संयुक्त राष्ट्र जनसङ्ख्या कोषको संयुक्त आयोजना तथा पिएसआई नेपाल र मेरी स्टोप्स नेपालको सह–आयोजनामा सम्मेलन हुन लागेको हो ।
सम्मेलनको मुख्य उद्देश्य जनसङ्ख्या र दिगो विकासका विविध पक्षहरुका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विकास साझेदारहरुका बीचमा राज्यका विकाससम्बन्धी प्राथमिकतामा छलफल गर्र्ने र अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन १९९४ र सह्रस्राब्दी विकास लक्ष्य २००० का कार्यनीतिका आधारमा साझा अवधारणा निर्माण गर्नु रहेको छ ।
सम्मेलनमा जनसङ्ख्या तथा विकाससम्बन्धी १५ वटा विषयगत क्षेत्रका १०८ वटा कार्यपत्रको छनोट गरी ७२ वटा कार्यपत्र प्रस्तुति हुने र ३६ वटा लाई पोस्टरका रुपमा प्रस्तुत गरिने आयोजक संस्थाहरुद्वारा मङ्गलबार संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ख्यातिप्राप्त विज्ञहरुबाट जन्म, बसाइँसराइ, बुढ्यौली, लङ्ैगिक र विकास, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य, प्रजनन स्वास्थ्य सेवामा पहँुच, परिवार नियोजन, गर्भपतन र यससम्बन्धी अनुसन्धान, एचआइभी र एड्स, जनसङ्ख्या, गरिबी र विकास, यौनिक स्वास्थ्य व्यवहार र अभ्यास, जनसाङ्ख्यिकीय विधि, उमेर लिङ्ग संरचना र जनसाङ्िख्यकीय लाभहरु, स्वास्थ्य र पोषण र लैङ्गिक हिंसासम्बन्धी विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।