अफगानिस्तानमा बम विस्फोटनमा परि चार प्रहरीको मृत्यु

२०७१ जेष्ठ २१ गते, बुधबार


काठमाडौं , २१ जेठ । अफगानिस्तानको दक्षिण प्रान्त हेल्मन्डमा मङ्गलबार बम विस्फोटनमा परी चार प्रहरीको मृत्यु भएको बुधबार प्रहरी स्रोतले जानकारी दिएको छ । हेल्मन्ड प्रान्तको सङगीन जिल्लामा विस्फोटक पदार्थ विस्फोटनमा चार अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएको बताइएको छ । अफगान सुरक्षाबल र नेटोसँगआबद्ध करिब ५१ हजार सैनिकलाई तालिवान आतङ्ककारी समूहले बारम्बार आक्रमण गर्दैआएका छन् ।
यसैबीच अर्काे एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फार्याबमा बुधबार बिहान भएको एक विस्फोटमा तीन सर्वसाधारणको मृत्यु भएको समाचार छ । फर्याबको प्रान्तीय राजधानी मैमाना सहरको लुडिन सडकमा विस्फोटक पदार्थ विस्फोटनमा परी सडक पार गरिरेका तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ताले जनाउनु भएको छ । स्थानीय समयानुसर ९ः३० बजे बिहान भएको सो विस्फोटको प्रहरीले अनुसान्धान सुरु गरेको र आक्रमणको कारण हालसम्म प्रष्ट नभएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् तर यस प्रकारको आक्रमण प्रायः तालिवान आक्रमणकारीहरुले गराउँदै आएका छन् ।
संयुक्त राष्ट्रसंघद्धारा प्रकाशित तथ्याङ्क अनुसार गतवर्ष तालिवानको आक्रमणमा दुई हजार ९०० व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी तालिवानहरुसँग आबद्ध रहेका विभिन्न आक्रमणमा पाँच हजार सात व्यक्ति घाइते भएका थिए । हाल अफगानिस्तानमा नेटो सैनिकले सुरक्षा दिइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]