माओवादी केन्द्रद्वारा प्रदेश इन्चार्ज हेरफेर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्य विभाजन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो। मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो।
आजकाे बैठकले हरिबोल गजुरेल-कोशी, लीलामणि पोखरेल-मधेस, अग्नि सापकोटा-बागमती, दीनानाथ शर्मा- गण्डकी, चन्द्रप्रकाश खनाल- लुम्बिनी, कालीबहादुर मल्ल- कर्णाली, गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय गरेकाे हाे।
त्यसैगरी विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने निर्णय भएकाे सचिव दिनानाथ शर्माले जानकार दिए।
माओवादीकाे साउनमा बसेकाे केन्द्रीय समिति बैठकले माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रदेश इन्चार्ज बनाएकाे थियाे। आजकाे स्थायी समिति बैठकले ती इन्चार्जहरुकाे हेरफेर गरेकाे हाे।