‘दलाल पुँजीवादको अन्त्य निश्चित’

२०८० फाल्गुन २१ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले दलाल पुँजीवादको अन्त्य निश्चित भएको बताएका छन । आइतबार
नेकपा भेरी कर्णाली व्यूरोद्वारा आयोजित ५ दिने स्कुलिङ्ग कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
नेता भरत सीले अमेरिकी साम्राज्यवाद कमजोर हुदै गएको भन्दै नेपालमा दलाल पुँजीवाद पनि निकै कमजोर हुदै गएको र संकटमा परेको बताए । उनले देशको संकटको निकास नेपाली विशेषताको समाजवाद भएको बताउदै भने ‘दलाल पुँजीवादी राज्य व्यवस्था पूर्ण असफल भएको छ, यो संकटमा छ,जनताले विकल्प चाहेका छन । नेपालमा समाजवादी मोर्चाको पहलमा नेपाली विशेषताको समाजवाद नै अहिलेको अग्रगामी निकास हो ।’
नेता भरत सीले नेपालमा समाजवादी व्यवस्था ल्याउन सबै भन्दा पहिला माओवादी, त्यसपछि कम्युनिष्ट र वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरु एकतावद्ध हुनुपर्ने बताए । नेता भरत सीले समाजवादी मोर्चा गठन हुनु र नेपाली विशेषताको समाजवादको बहस अगाडि बढनु भनेको एकीकृत जनक्रान्तिको विचारले सम्भव भएको विचार व्यक्त गरे ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरु महिमा सी,संगीन सी,खडक सी,सागर सी र गोविन्द सीले प्रतिक्रिया राख्दै स्कुलिङ्ग निकै रसिलो र फलदायी भएको प्रतिक्रिया दिएका थिए ।
उक्त स्कुलिङ्ग कार्यक्रममा प्रशिक्षक भरत सी,भेषराज सी, असल सी,प्रयास सी र तिर्थ सीले दर्शन,अर्थशास्त्र,वैज्ञानिक समाजवाद,समाज विज्ञान,भौतिक विज्ञान लगायतका विषयमा विषयगत ज्ञान दिएका थिए ।
नेकपाका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार