अब यसो गरौँ न एकपटक – युवराज सफल

२०७१ जेष्ठ २४ गते, शनिबार


विगतदेखिनै देशले संक्रमणकालीन अबस्था भोगिरहेको छ । यो बेला देशमा न त संविधान छ न त जनताको पहुँच सम्पन्न सरकार छ । प्रत्येक वर्षकम्तिमा दुइचारवटा सरकार बन्ने र ढल्ने गरेका छन् । विभिन्न पार्टी फलानो बहादुर र ढिस्कानो बहादुर प्रधानमन्त्रीको कुर्सीी विराजमान हुने गरेका छन् । विभिन्न बहादुरहरू मन्त्री बन्ने गर्दछन् । तर वास्तविक जनताको जीवनशैली भने जहाँको तहीँ नै छ । राष्ट्र र जनताको समस्या जहाँको तहीँ छ । हुम्ला, जुम्ला र सिँगो कर्णाली क्षेत्रमा नून र चामल नपुगेको कहानी निकै पुरानो भइसक्यो । चितवन, मकवानपुर र अन्य भेगका चेपाङ्ग र अन्य पिछडा वर्गहरूले गिठ्ठा, भ्याकुर र कन्दमूल मात्रै बल्ल तल्ल खान पाएको अनि एकसरो जिउ ढकनी कपडा नहँुदा च्यातिएको टालो बेरेर ओढारमा बर्षौ विताएको कुरा पनि एकादेशको कथा भइसक्यो ।
त्यस्तै दाइजोको नाममा दर्जनौँ कोपिलारूपी नारीहरूले प्राण त्यागेको अनि बोक्सीको आरोपमा कैयन नारीहरूले ज्यान आहुती दिन परेको, अन्याय अत्यचारको सीमा बढेको अनि भ्रष्टाचार र अनियमितताले राष्ट्र खोक्रो पारेको पनि धेरै भइसक्यो । आफ्नै भूमिमा पर्राई हुन परेको, रोग, भोक, शोक र पीडावाट आक्रान्त भई नैराश्यतापूण् जीवन जीउन परेको तीतो यथार्थ पनि हाम्रै आँखा अगाडि अनुसन्धानको प्रमाण बनी ठिँग उभिएको छ । आफ्नै गाँउको सोझी चेलीबेटी विभिन्न दलालको लोभलालच र फन्दामा परी बम्बैको कोठीमा नारकीय जीवन जिउन बाध्य भएको, आफ्नै बाबुद्वारा छोरीको इज्जतमाथि धावा बोलिएको, आफ्नै दाजुभाइद्वारा आफ्नै दिदीबहिनीमाथि अनैतिक हर्कत गरिएको कारुणिक तथा दर्दनाक दृश्य समेत हामीले देख्दै र भोग्दै आएका छौँ ।
स्वतन्त्रपूवक बाँच्न पाउने अधिकार हनन् भई विभिन्न बाहनामा अपहरणको शिकार बनी अकालमै मृत्युवरण गर्नु परेको, जवरजस्ती चन्दा असुली र फिरौती माग्ने प्रवृत्तिले पनि नेपाली जनता बाक्कदिक्क छन् । विभिन्न नामधारी सशस्त्र समूहको ज्यादति, सन्त्रास र उनीहरूको गलत रवैयाले गर्दा आज देशमा शान्ति आएको भनिए पनि कतै देश अशान्तिकै भूमरीमा फस्न लागेको वा फसेको हो कि भन्ने कुरा उठ्न थालेको छ ।
ख्ाासगरी देशमा गणतन्त्र आयो भनिएको छ । नेता र तिनका कार्यकर्ताबाहेक अरुले गणतन्त्र आएको कुरालाई व्यवहारिक रूपमा सायदै अनुभव गर्न पाएका होलान् । पद र शक्तिको आडमा राज्यको ढुकुटी लुटेर बहादुरी देखाउने अनि जनतालाई महंगी, बेरोजगार लगायत विभिन्न कुराको ऋणको भार बोकाई सास्ती दिने प्रचलन पनि नेपालीको लागि नयाँ होइन । जनता विभिन्न समस्याले ग्रस्त भएका छन् र राष्ट्रका नेताका साथै तिनका पार्टीीट प्रत्यक्ष रूपमा पीडित मात्र भएका छैनन् उठ्नै नसक्ने गरी अन्यौलताको रसातलमा भासिएका छन् । तर, पनि यो देशका नेता भनाउँदाहरू ज्ानताको यो समस्यालाई समाधान गर्ने तरखर नगरी फेरि पनि आफ्नै थैलो भर्ने पुरानै धन्दामा लिप्त भएका छन् ।
अतः राष्ट्र एकपछि अर्को भयावह दुघटनामा परेको छ, पर्दैछन् र अझै ठूल ठूला दूघटनामा पर्नेछ , संकट मात्र होइन ठूलै महासंकटको भूमरीमा देश पर्नेछ । तर्सथ देशमा भएका विभिन्न समस्यालाई समाधान गरी अगाडि बढ्न सके मात्र समृद्व नेपालको सपना साकार हुन्छ । जब हामीले यस्ता समस्याको बेलैमा उपचार गरी निदान गर्न सक्छौँ तव मात्र राष्ट्रले काँचुली फेन सक्दछ । यदि हामीले बेलैमा यस्तो निदान गर्न सकेनौँ भने यो सानो समस्या भयंकर क्यान्सर भएर आउनेछ । हरेक समस्यावाट आक्रान्त भएको राष्ट्रलाई यतिबेला सक्षम ढंगले नेतृत्व गर्ने डाक्टरको खाँचो छ, जून डाक्टरले व्यवहारिक परीक्षणपश्चात रोग पत्ता लगाई उपचार गर्न सकोस् । त्यसो गर्न सकियो भने पक्कै नेपाल र नेपालीको अस्तित्व रहनेछ । हामीले धेरै पटक राष्ट्र र जनताको लागि केही गर्यौँ अब फेरि राष्ट्रलाई संकट परेको छ त्यसैले राष्ट्रलाई यो संकटबाट पार लगाउन निम्न कदम चाल्दा राम्रो होला ।
र्सवप्रथम सच्चा नेपाली बनै
हामी नेपाली हौँ भन्दैमा हामी नेपाली बन्न सक्दैनौँ । नेपाली बन्नलाई केही विशेषताहरू अवश्य चाहिन्छ । र्सवप्रथम हामी नेपालीमा देशभक्तिको भावना हुन पर्दछ । राष्ट्रप्रतिको अनि माटोप्रतिको अगाध स्नेह हुन पर्नेछ । खोक्रो राष्ट्रवादी भावना र विचारले कुनै पनि देशको राष्ट्रियताको एवम् राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्दैन । त्यसकारण हामी विभिन्न वाद भन्दा माथि उठेर, विभिन्न पार्टीी तिनका कोर्रााागजी सिद्धान्तभन्दा माथि उठेर पहिला यो देश नेपालको स्वाभिमानी नेपाली बन्न जरुरी छ । नेपाल आमालाई रुवाएर गरिने जूनसुकै कार्य तथा गतिविधि नेपाल आमाको लागि क्षम्य हुन सक्दैन । प्रत्येक नेपाली सच्चा नेपाली बन्न जरुर छ । नेपाली माटोमा बसेर नेपाल र नेपालीलाई रसातलमा पुर्याउने कुरा एक स्वाभिमानी नेपालीले कुनै पनि कोणवाट सोच्न सक्दैन । तर्सथ हामी नेपाली र्सवप्रथम त सच्चाा नेपाली बन्न आवश्यक छ । सच्चा नेपाली बनियो भने पक्कै पनि राष्ट्र जोगाउने महाअभियानमा हामी सफलता प्राप्त गर्न सक्दछौँ ।
आफ्नो दायित्व पूरा गरौ“
हामी नेपालमा बस्छौँ । यहाँकै जमिनमा फलेको अन्न खान्छौँ, यहाँकै जमिनवाट निस्किएको पानी पिउँछौँ । त्यसो भएपछि हामीले राष्ट्रप्रतिको आफ्नो दायित्वलाई सधैँ पूरा गर्न पर्दछ । जसले आफ्नो दायित्व पूरा गर्न सक्दैन त्यो व्यक्ति वा समूह नेपाली हुन सक्दैन । त्यसैले नेपाल र नेपालीको हित हुने मात्र कार्य गरौँ । जसले जे जिम्मेवारी बहन गर्र्छौँ भनेका छौ इमानदारिताका साथ सो जिम्मेवारी पूरा गरौँ ।
देश विकासमा एकजूट होऔ“
एक्काइशौँ शताव्दीको दुनियाँमा पनि हामीले सोचेजति उन्नति, प्रगति र विकास गर्न सकेको छैनौँ । हाम्रो विकासमा आवश्यकताभन्दा बढी राजनीतिक हस्तक्षेप हुने गरेको छ । साथै राजनीतिक पूवाग्रह साँधिने गरेको छ । राजनीतिक पार्टीीको कारणले गर्दा नेपालीले चाहे जति विकास र समृद्वि देख्न र भोग्न पाएका छैनन् । तर्सथ, अब प्रत्येक नेपाली राष्ट्र विकास र समृद्धिको मामिलामा एकजूट हुनुको अर्को विकल्प छैन । विभिन्न दलीय विचार एवम् गुटगत स्वार्थ, जातिगत स्वार्थ र समूहगत स्वार्थ त्यागी अब राष्ट्रको स्वार्थलाई आत्मासात गर्दै अगाडि बढ्न पर्छ, युगको चाहना पनि यही हो । देश विकासमा एकजूट हुनु नै आजको आवश्यकता हो, अतः नेपालमा बसोवास गर्ने सम्पर्ूण्ा नेपालीले यो कुरालाई मनैदेखि मनन् गर्नुपर्दछ ।
न्ोपालको विकास र समृद्धिले पौने तीन करोड नेपालीको भाग्य चम्किने हुँदा सारा नेपालीले विभिन्न प्रकारले राष्ट्रलाई समृद्ध पार्ने उपायहरूको खोजी गर्न पर्दछ । विश्वमा भएको विकास र उन्नतिअनुसार आफ्नो देशलाई पनि त्यस्तै समृद्ध पार्ने अभियान संचालन गर्नर्ुपर्दछ । राष्ट्र विकसित भयो भने यहाँ सम्पूण् नेपालीले आधारभूत आवश्यकतादेखि अरु विभिन्न सेवा तथा सुविधा पाउँछन् । त्यसकारण पनि मूलुक समृद्ध बनाउने कुरामा हामी सहमत हुनुबाहेकको अर्को विकल्प छैन ।
देशलाई माया गर्ने नागरिकहरूले राष्ट्र विकास कसरी हुन्छ भन्ने विषयमा बहस संचालन गर्नु आवश्यक छ, राष्ट्र विकासको खाकाहरू त्यार गरी त्यसमाथि वैज्ञानिक तवरमा अध्ययन अनुसन्धान गर्दै विकासका मोडलहरू त्ायार गर्नु आवश्यक छ । विभिन्न विज्ञ एवम् सरोकारहरूलाई एकीकृत गर्दैै राष्ट्र निर्माणमा र विकासमा लाग्नुनै हामी नेपालीको मुख्य काम हो भन्दा अनुपयुक्त नहोला ।
अब यसरी संविधान बनाउ“
न्ोपालमा छिपछिपेमा २००७ सालदेखि संविधानसभाको माग उठेको थियो । तर, बेलाबखतमा हुने राजनीतिक षड्यन्त्र र तानाबानाले गर्दा बीचमा संविधानसभाको माग तुहियो । नेपाली जनताले पटक-पटक आफ्नो संविधान आफैँ बनाउने प्रयत्न गरे । तर, जनताको प्रयत्न माथि निरन्तर धावा बोलियो । जनआन्दोलनद्वारा स्थापित प्रजातन्त्र पछि २०४७ सालमा पनि संविधान बन्यो, तर त्यतिखेर निर्विवाद त्यो संविधानलाई कसैले स्वीकार गर्न सकेनन् । कुनै न कुनै रूपमा त्यो संविधानको विरोध नै भयो । कालो संविधान भन्दै जलाइयो । त्यही संविधानले नसमेटेको कुरा भन्दै गणतन्त्रको माग राख्दै एक दशक लामो जनयुद्धको समेत हामीले सामना गर्न पर्यो । यदि बेलैमा बुद्धि पुर्याएको भए सायद त्यो त्रासदीपूण र कहालीलाग्दो अबस्था देख्न र भोग्न पर्दैनथ्यो होला । २०६२/६३ सालको जनआन्दोलनको बलमा पुनर्स्थापित लोकतान्त्रिक कालमा पहिलो संविधानसभाको निर्वाचन त भयो तर त्यसले जनताको संविधान नदिँदै राजनीतिक दलहरूको आपसी कलह र विवादकै कारण अकालमा मृत्युवरण गर्न पर्यो । त्यसपछि मंसिर ४ मा मात्रै दोस्रो संविधानसभा रूपी खर्चिलो, बोझिलो नौटंकीको मञ्चन गरियो । एकथरिले सो नाटकमा अभिनय गरे भने अर्काथरिले बहिष्कार गरे । सोही बहिष्कारको कारण आज संविधान बन्छ कि बन्दैन भन्ने बहस हुन थालेको छ ।
घटना जे जस्तो भएपनि नेपाली जनतालाई आफ्नै बलबुतो, तागत र क्षमताले लेखिएको संविधान चाहिएको छ, अझ भनौँ आफ्नै विवेक प्रयोग गरी लेखिएको संविधान चाहिएको छ । कसैको इसारामा लेखिएको संविधान नेपाली जनताले स्वीकार गर्न सक्दैनन् । तर्सथ संविधान निर्माण गर्न निम्न प्रक्रिया अपनाउदा उपयुक्त होला ।
क. संविधान सभामा जान चाहँने दललाई संविधान सभामा प्रवेश
विभिन्न कारण र परिस्थितिले गर्दा दोस्रो संविधानसभालाई बहिष्कार गरेका राजनीतिक शक्तिहरू यतिखेर जनताको संविधान कसरी बनाउन सकिन्छ भनेर चिन्तित देखिन्छन् । उनीहरू नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने आफ्नो संविधान आफैँ लेखौँ भन्ने मानसिकतामा छन् । त्यसकारण अब संविधानसभामा गएर वैधानिक रूपमा हस्तक्षेप गर्ने र संविधान सभावाटै संविधान बनाउछौँ भन्ने दलहरूलाई सरकारले २६ सिटमा मनोनयन गरी संविधान निर्माण गर्ने मौका दिन पर्छ ।
ख. गोलमेच सभा चाहँनेलाई गोलमेच सभा दिन पर्छ
अहिले बहिष्कारवादीहरूले गोलमेच सभाको पनि माग गरि रहेका छन् । विशेषत नेकपा-माओवादी हुँदै ३३ दलीय मोर्चाले गोलमेच सभाको आवाज जोड्तोडका साथ उठाउने गरेको छन् । यो संविधानसभाले संविधान दिएमा आफ्नो असहमतिको बाबजुत मोर्चाले स्वीकार्ने सम्भावना छैन । तर्सथ संविधान सभा जत्तिनै अधिकार सम्पन्न गोलमेच सभालाई स्थापना गर्न पर्दछ ,सो गोलमेच सभा र संविधानसभाको मिलनविन्दुले मात्र नयाँ जनताको संविधान दिन सक्दछ । गोलमेच सभा दिदैँमा आकाश खस्ने र धर्ती फाट्ने हैन । यदि गोलमेच सभाको आयोजना नगर्ने हो भने फेरि ०४७ सालको संविधानको जस्तो नियति भोग्न पर्दछ । असन्तुष्ट पक्षवाट राष्ट्रलाई हानी नोक्सानी पर्दछ । त्यसैले तत्काल अधिकार सम्पन्न गोलमेच सभाको आयोजना गर्न पर्दछ र सवैको साझा सहमतिवाट जनताको संविधान निर्माण गर्न पर्दछ । सरकार र आन्दोलनरत पक्षहरूले यस विषयलाई गम्भीरताको साथ लिन पर्छ । सरकारले विपक्षीहरूलाई बाहिर राखेर संविधान जारी गर्ने हो भने जारी भएको भोलिपल्टै जल्न सक्छ मात्र हैन जल्छने । एउटा संविधान निर्माण गर्न पटक पटक अर्बौँ खर्चिने कुरा आउँदैन । अब गोलमेच सभा र संविधानसभाको साझा मिलनविन्दुवाट मात्र संविधान निर्माण सम्भव छ हैन भने दिगो र स्वदेशी संविधानको परिकल्पना गर्न सकिन्न । यस कुरामा आन्दोलनरत पक्ष ,सरकार र संविधान सभामा प्रतिनिधित्व गर्ने सम्पूण राजनीतिक शक्तिहरूलाई बेलैमा चेतना भया ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टीी अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु