नेकपा रुपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले एक कार्यक्रमको आयोजना गरी जनयुद्ध तथा विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । सोमबार बुटवलमा आयोजित कार्यक्रममा नेकपाले सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन सहित खादा, झुल र जनही रु १/१ हजार रुपैयाँ सहयोग गरी सम्झिएको छ ।
कार्यक्रममा बोल्दै नेकपाका पोलिट्व्युरो सदस्य वसन्त सीले जनयुद्धको गौरवपुर्ण विगत र ज्यानको आहूती दिने महान सहिद र बेपत्ता योद्धाको त्यागले आजको राजनीतिक परिवर्तन सम्भव भएको बताए । उनले जनयुद्ध र आन्दोलनको बलमा प्राप्त भएको गणतान्त्रिक व्यवस्थाले समेत नेपाली जनताका पुर्ण समस्या समाधान दिन नसकेको उल्लेख गर्दै यसलाई समय सापेक्ष परिमार्जन गर्दै जानुपर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुर्व सांसद तथा सहिद परिवार सदस्य सोनिया यादवले सबै माओवादी एकजुट हुनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,माओवादी केन्द्रका रुपन्देहीका संयोजक निर्मल जिसी,सहिद बेपत्ता परिवार समाजका केन्द्रीय सचिव जया पौडेल,नेकपा केन्द्रीय सल्लाहकार जित बहादुर रसाइली,सहिद परिवार समाज रुपन्देहीका अध्यक्ष शिव घिमिरे लगायतले मन्तब्य राखेका थिए ।

नेकपा रुपन्देही दक्षिण ईन्चार्ज विश्वासको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन रुपन्देही सेक्रेटरी विरेन्द्र सी र स्वागत नवीन सीले गरेका थिए ।
जनयुद्धमा रुपन्देहीबाट झण्डै ७५ जनाले ज्यान गुमाउनुका साथै बेपत्ता पारिएको नेकपा रुपन्देहीले बताएको छ। -प्रकाश डुम्रे