बर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य आजाद सीले बर्तमान संकटको निकास नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन । सोमबार पश्चिम जनकपुर व्युरो अन्तर्गत सिम्धुलीको मरेनी गाउँपालिकामा आयोजित ‘वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता आजाद सीले अहिलेको नेपाली परिवेशमा सबै वामपन्थी शक्ति एकजुट भएर लाग्नुपर्ने र दलाल पुजीवादी संसदीय व्यबस्थाको कारण नेपालमा दलाल भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै यसको हल भनेको विशेषताको नेपाली समाजवादमात्र भएको बताए । उनले भने- ‘ नेपालमा समाजवाद ल्याउनुपर्छ र हजारौं शहिदहरुको सपनालाई पूरा गर्नका लागि समाजवाद अनिबार्य रहेको छ।’
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युरो इन्चार्ज जुझारु सीले संकटको कारक दलाल पुजीवादी संसदीय व्यवस्था भएको र यसको हल नेपाली बिशेषताको समाजवादले मात्रै दिने जिकिर गरेका थिए ।
त्यसैगरी अन्य वक्ताहरुले पनि नेपालमा दलाल संसदिय व्यबस्थाको कारण नेपालमा भ्रष्टाचार हाबी भएकोले समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी शक्ति हरु एकजुट भएर नेपालमा समाजवाद ल्याउने सकिने कुरामा जोड दिएका थिए ।
कार्यक्रम नेकपा पश्चिम जिल्ला सेक्रेटरी जनक सीले संचालन गरेका थिए भने स्वागत मन्तव्य अखिल समाजवादीका केन्द्रिय सदस्य सुधा सीले गरेका थिए ।
नेकपा सिन्धुलीको जिल्ला इन्चार्ज शशी सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि नेकपाका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य कमरेड आजाद सी, अतिथिहरु पश्चिम जनकपुर व्युरो इन्चार्ज कमरेड जुझारु सी, नेकपा माओवादी केन्द्रका उद्वव पौडेल ,नेकपा (एस) का केन्द्रिय परिषद सदस्य छत्र लाखे तथा विभिन्न पार्टीका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।