८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनको ऐतिहासिक दिन

२०८० फाल्गुन २५ गते, शुक्रबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन भएको बताएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन्।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘ आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन । आज संसारभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरुले ११४ आौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसप्रति विश्वभर क्रियाशील हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ ।
आजसम्म पनि विश्वभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरु एकातिर वर्गीय रुपले र अर्कोतिर जातीय , क्षेत्रीय लिंगीय , धार्मिक तथा पृतिसतात्मक रुपले शोषण ,दमन र उत्पीले थिचिदै आएका छन् । अत: आजसम्म पनि महिलहरु वर्गीय र लिंगीय यी दुईवटा पहाडले थिचिदै आएका छन् । यी दुईवटा पहाडलाई नभत्काई महिला मुक्ति सम्भव छैन । त्यसैले अन्तर्राष्ट्रिय महिला आन्दोलन वर्गीय मुक्ति आन्दोलनको एक अंग हो भन्ने बुझाई हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको रहेको छ । महिला र पुरुष विश्व सर्वहारा क्रान्तिका एक गाडीका दुई पांग्रा हुन् भन्ने हाम्रो संगठनको ठहर छ । त्यसैले हामीले संसारभरका श्रमजीवी तथा उत्पीडित महिलाहरुलाई पुरुषहरुसित काँधमा काँध मिलाएर सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलन अर्थात् अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिमा लामबद्ध हुन हार्दिक अनुरोध र अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार