वर्तमान राजनीतिक संकटको कारक दलाल पूँजीवादी संसदिय व्यवस्था

२०८० फाल्गुन २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देशको स्वाधिनता र जनताको जीवनमा गंभिर संकट आएको र यसको कारक दलाल पूँजीवादी संसदिय व्यवस्था भएको ठोकुवा गरेका छन। ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा आयोजित ‘वर्तमान राष्ट्रिय संकट र निकास’ विषयक अन्तरकृया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता सुमनसिंह सीले देशको स्वाधिनता र जनताको जीवनमा गंभिर संकट आएको बताउदै यसको कारक दलाल पुजीवादी संसदिय व्यवस्था भएकोले यहि व्यवस्थाबाट अब देश र जनताले निकास प्राप्त गर्न नसक्ने बताए । उनले नेपाली विशेषताको समाजवाद सबै अग्रगामीहरुको साझा गन्तव्य हुन सक्ने बताउँदै यसबारे सहमति जुटाएर सबै अग्रगामी शक्तिहरु अगाडि बढ्नु पर्ने बताए । उनले कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक भएर साम्राज्यवादी षड्यन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सिद्धिचरण नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा मोहन श्रेष्ठ (पूर्व मेयर, नेकपा एमाले), निशान्त शर्मा (नेकपा माओवादी केन्द्र जिल्ला संयोजक तथा चिशङ्खु गाउँपालिका अध्यक्ष), केदारबाबु बस्नेत (उप प्रमुख सिद्दीचरण नगरपालिका), नेत्र भट्टराई (नेकपा एस केन्द्रिय सदस्य), मेघहरि आचार्य (नेपाल बार एशोसियसनका कार्यवाहक अध्यक्ष तथा नेपाल समाजवादीका केन्द्रिय सदस्य), धनराम श्रेष्ठ (जनमोर्चाका जिल्ला उपाध्यक्ष), सचिन (नेकपा क्रामा जिल्ला संयोजक), बिनु राई (पत्रकार महासंघ जिल्ला उपाधक्ष), सरस्वती बानिया (युवा पत्रकार) लगायतले आफ्नो धारणा राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमा प्रस्तुत भएको अवधारणा पत्रको सहभागी सबैले प्रशंसा गर्दै बृहत् कम्युनिस्ट एकताको पहल गर्न नेकपा र नेकपाका महासचिव विप्लव सीले भूमिका खेल्नु हुनेछ भन्ने आशा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला सचिव बोज सीले गरेका थिए भने कार्यक्रमको सहजिकरण ओखलढुंगा इन्चार्ज लक्ष्मण सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार