प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

२०८० फाल्गुन २७ गते, आईतवार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका छन । उनले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताएका थिए। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो।
कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।
यसअनुसार उनले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भए पनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
एमालेको समर्थनमा २०७९ मा १० पुसमा दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। यही कार्यकालमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो। चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमालेलगायत दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
प्रचण्ड २६ पुसमा ९८ प्रतिशत बढी सांसदको समर्थन पाएका थिए। कांग्रेसले पनि विश्वासको मत दिएको थियो। पहिलो पटक कांग्रेससहित २६८ सांसदको समर्थन पाउँदा दोस्रो पटक चैत ६ मा भने प्रधानमन्त्री दाहालले १७२ सांसदको समर्थन पाएका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार