कैदी हेलिकप्टर चढेर फरार !

२०७१ जेष्ठ २५ गते, आईतवार


काठमाडौं, २५जेठ । क्यानाडाको एक कारागारबाट तीन कैदी हेलिकप्टर मार्फत फरार भएका छन् । क्यानाडाको क्युबेक प्रान्तामा रहेको ओरसेनबिले कारागारमा एक्कासी हेलिकप्टर प्रवेश गराई तीन कैदी भागेका छन् । फरार कैदीहरुको ब्यापक खोजी भइरहेको छ । क्यानाडामा नै गत बर्ष पनि दुई कैदी हेलिकप्टर मार्फत फरार भएका थिए । फरार कैदीबारे जानकारी दिन क्यानाडा सरकारले जनतालाई अपील गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]