महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । महालेखापरीक्षकमा सिफारिस भएका राया यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।