इराकको समस्या समाधान गर : राष्ट्रसंघ

२०७१ जेष्ठ २९ गते, बिहीबार

काठमाडौ, २९ जेठ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इराकको पछिल्लो राजनीतिक घटनाक्रम प्रति चिन्ता व्यक्त गरेको छ । त्यहाँका इस्लामिक विद्रोहीले आक्रमण गरि दुई शहर नियन्त्रणमा लिएपछि राष्ट्रसंघले भत्र्सना गरेका हो । विद्रोहीले नियन्त्रणमा लिएपछि इराकको मोसुल र टिक्रिट सहरबाट करिब ५ लाख मानिस पलायन भएको विबिसीले जनाएको छ। त्यहाँ इस्लामिक संगठन आईसआईसका कारण मानबीय अवस्थापनि अन्तयन्त जोखिमयुक्त भएको जनाइएको छ ।
इराकमा भइरहेको घटनाका सम्बन्धमा राष्ट्रसंघका महासचिब बान की मूनले विश्व समूदायलाई आतंकबाद विरुद्ध लड्नपनि आग्रह गरेका छन् ।
ईराकलाई इस्लामिक राज्य बनाउन भन्दै आइएसआइएसले आक्रमण गरेको हो ।यता इराकी प्रधानमन्त्री नुरी मल्लिकीले भने विद्रोही विरुद्ध लड्न छाडेर भाग्ने सेनालाई कारबाही गर्ने बताएका छन् । मोसुल शहर नियन्त्रणमा लिएको २ दिन पछि सद्दाम हुेसनको गृह शहर टिक्रिट पनि विद्रोहीले कव्जामा लिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]