मान्मारकी प्रजातन्त्रवादी नेत्री सुकी नेपाल आउँदै

२०७१ जेष्ठ ३० गते, शुक्रबार


काठमाडौं, ३० जेठ ।मान्मारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी आज नेपाल आउँदैछिन् ।नोबेल शान्ति पुरस्कार विजेता समेत रहेकी उनी ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन नेपाल आउन लागेकी हुन् ।सुकीले भोली नै संविधानसभा सदस्यहरुलाई सामुहिक सम्बोधन गर्नेछिन् । उनले भोली राजधानीको हायात रिजेन्सीमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सुकीलाई अन्तराष्ट्रिय विमानस्थलमा सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले स्वागत गर्ने कार्यक्रम छ ।सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउँदै छन् ।
सम्मेलनमा नेपालका तर्फबाट जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार