हस्तकला निर्यात २० प्रतिशतले घट्यो

२०८० चैत्र ३० गते, शुक्रबार


काठमाडौँ । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको बताए । उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन्। गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो। यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउदै भने- ‘ ‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको ।
यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ।’
हस्तकला महासंघको तथ्यांक अनुसार प्रत्येक वर्ष १२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ। मङ्सिरदेखि पुसमा मात्रै आठ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार