प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार


काठमाडौँ। शिक्षक सेवा आयोगलेआज एक सूचना प्रकाशन गरी आयोगले सातै प्रदेशमा विभिन्न समूहका लागि विज्ञापन खुला गरेको छ ।
आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार ४६२ शिक्षक माग गरेको छ। खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुलाइएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार १०३ जना माग गरिएको छ। यस्तै कोशीमा एक हजार ७७, गण्डकीमा ८०० मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलाइएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले https://tsc.gov.np/ मा जेठ १३ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार