मनास्लु हिमाल आरोहण दिवस मनाइंदै

२०८१ बैशाख २० गते, बिहीबार


काठमाडौँ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८औँ मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको छ । सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ । बुधबार गोरखामा धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाडौँमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिए पनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिए ।
दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई सम्मान गर्ने, प्रकृति पूजा गर्नेलगायत अन्य स्थानीय संस्कृतिको उजागर गर्ने गरी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष लामाको भनाइ छ ।
‘सोही अवसरमा पर्वतारोहण सङ्घको झण्डा र ब्यानरसहित ¥याली निकाल्ने कार्यक्रम पनि रहेको छ’, उनले भने, ‘त्यसबाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघ गणना सुरु

२०८२ पुष १ गते, मंगलवार

हिउँ चितुवा अध्ययन सुरु

२०८२ मंसिर २३ गते, सोमबार