रातो मछिन्द्रनाथको रथ जाउलाखेल पुर्याइदै
काठमाडौ, ५असार ।रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानिने भएको छ ।मंगलबजारको सोह्रखुट्टे पाटीमा ज्योतिषहरुले गएको जेठ ८ गते रथ तान्ने साइत जुराएका हुन् ।दिउँसो ४ बजे लगनखेलको थटिटोलबाट रथ तान्न शुरु गरिने र सकेसम्म बिहीबार जाउलाखेल पुर्याइनेछ । रथ जाउलाखेल पुर्याएको चौथो दिन भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ ।स्थानीय भाषामा बुंगद्यः भनिने पद्मपाणी लोकेश्वरको रथ अहिले लगनखेलको थटिटोलमा राखिएको छ ।
रातो मच्छिन्द्रनाथको रथयात्रा गएको बैशाख २१ गते पुल्चोकबाट शुरु भएको हो । पाटनका विभिन्न भागको परिक्रममा गर्दै लगनखेल थटिटोलमा पु¥याइएको हो । रातो वर्षा र सहकालको देवता मानिने रातो मछिन्द्रनाथको जात्रा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो ।